मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

असइमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ


पश्चिम प्रेस
बिहीबार , जेठ ३० २०८२
  • 2.9K
    Shares

  • images
    images
    असइमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा नेपाल प्रहरीका असइमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–८ स्थित पचुइ प्रहरी चौँकीका इन्चार्ज असइ बीरबहादुर चन्दमाथी कुटपिट गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । 

    जेठ २१ गते दिउँसो असई चन्दमाथी सो क्षेत्रका स्थानीय १०–१५ जनाको समूहले लछारपछार गर्दै कुटपिट गरेको भीडियो मंगलबार मात्रै सार्वजनिक भएको थियो । 

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) सागर बोहराका अनुसार, असइ चन्दमाथि कुटपिट गर्नै बेलौरी नगरपालिका–८ का राहुल राना, कलीराम चौधरी र दुम्ली चौधरीलाई नियन्त्रणमा लिइएको हो । उनिहरुमाथि अभद्र व्यवहारको मुद्धा चलाइने डिएसपी बोहराले जानकारी दिए ।

    भारतबाट लुकाईछिपाई स्थानीयले मल  खाद ल्याउन खोजेपछि प्रहरीले रोक्न खोज्दा झडपको स्थिति सृजना भएको स्थानीय पदम रानाले बताए । रोपाई नजिकिदै गर्दा यहाँका किसानहरु अझै मल खादका लागि भारतको भर पर्दै आएको उनले बताए । मल खाद नल्याउन प्रहरीले सम्झाउन खोज्दा स्थानीयहरुको समुहले असइ चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस