सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

भारतबाट फर्किने थप तीन जनामा कोरोना पुष्टि


पश्चिम प्रेस
शुक्रबार, जेठ ३१ २०८२
  • 3.0K
    Shares

  • images
    images
    भारतबाट फर्किने थप तीन जनामा कोरोना पुष्टि

    महेन्द्रनगर । भारतबाट फर्किने तीन जनामा कोरोना पुष्टि भएको छ । 

    गौरीफन्टा नाकामा गरिएको परीक्षणमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा शंकास्पद् ३१ जनाको नाकामा परीक्षण गरिएको थियो ।  

    भारतमा कोरोना सङ्क्रमण बढेपछि त्यहाँबाट फर्किने नेपालीहरूमा पनि सङ्क्रमण देखा परिरहेको छ । कोरोना सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, पुलघाट र झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर जाँच गर्ने कार्य भइरहेको निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले बताए  । उनले नाकाहरूमा साढे तीन सय परीक्षण किट पठाइएको जानकारी दिए । 

    जेठ २१ गतेदेखि हालसम्म सुदूरपश्चिम प्रदेशमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये आठ जना निको भइसकेको निर्देशनालयले जानकारी दिएको छ । सङ्क्रमितहरूमा साधारण लक्षण देखिने गरेकाले घरमै आइसोलेसनमा बस्ने गरी पठाउने गरेको जोशीले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस