सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

प्रलेस कञ्चनपुरको साहित्यिक कार्यक्रम सम्पन्न


पश्चिम प्रेस
शनिबार, असार २८ २०८२
  • 3.9K
    Shares

  • images
    images
    प्रलेस कञ्चनपुरको साहित्यिक कार्यक्रम सम्पन्न

    विद्यार्थीहरूलाई साहित्यिक अभिमुखीकरण तथा सास्कृतिक पुस्तान्तरण गर्ने उद्देश्यले  प्रगतिशील लेखक संघ कञ्चनपुरले माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ।

    भानु जयन्तिको पुर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई भीमदत्त नगर पालिका १८ नम्बर वडा कार्यलयले प्रबर्धन गरेको थियो। बडा अध्यक्ष रबिन्द्र देवकोटाको प्रमुख आतिथ्यता र प्रलेस कञ्चनपुरका जिल्ला अध्यक्ष प्रजापति नेगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन  सचिव प्रेमप्रकाश कलौनीले गरेका थिए। कार्यक्रममा सम्बिधान सभा सदस्य पुरनसिंह दयाल, प्रलेस केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सह इञ्चार्ज रमेश पन्त मीतबन्धु, प्रलेसका निवर्तमान राष्ट्रिय परिषद सदस्य/वर्तमान प्रदेश समिति सल्लाहकार जगदीश ओझा, गुगुल्डि वाङमय प्रतिष्ठान अध्यक्ष वीरबहादुर चन्द विश्राम, जनज्योति मा वि का प्र अ सुरेन्द्रराज जोशी, भारतीय साहित्यकार विबेक बादल, साहित्यकार नारायण लम्साल बिशिष्ट अतिथि रहेका थिए। 

    कविता प्रतियोगितामा सहभागी २८ जना विद्यार्थीहरू मध्ये लक्ष्मी मा वि बागफाटाका कुशुम जोशी सान्त्वना, महेन्द्रनगर नमूना मा वि का प्रतिज्ञा पन्त तृतीय, आदर्श मा वि का सन्ध्या बोहरा द्वितीय र लिटिल वुद्ध एकेडेमीका आरती नाथ प्रथम भयेका थिए। राष्ट्रप्रेमको बिषयवस्तुमा आधारित भयेर सञ्चालन गरिएको कविता प्रतियोगिताको निर्णायक मण्डलमा स प्रा हरिप्रसाद खतिबडा ,  धर्मानन्द भट्ट र शारदा पाण्डेय रहेका थिए। प्रलेसद्वारा प्रतियोगिता प्रथम द्वितीय तृतीय र सान्त्वना स्थान प्राप्त कर्ताहरूलाई प्रमाणपत्र सहित क्रमसः २०००,१५००,१०००,र ५००नगद पुरस्कार प्रदान गरिएको थियो भने गुगुल्डि वाङमय प्रतिष्ठानले पाठ्यसामग्री उपहार प्रदान गरेको थियो ।

    136894e4-3e96-4b93-95bc-415b89e1979c.jpg

    कार्यक्रमको दोस्रो सत्रमा पुरनसिंह दयालको काव्यकृति कारागारको  ढोकाबाट चियाउँदा कृतिको लोकार्पण तथा समिक्षा गरिएको थियो। कृतिमाथि साहित्यकार जगदीश ओझा तथा जनज्योती क्याम्पसका उप प्राध्यापक यज्ञराज अवस्थीले समिक्षात्मक मन्तब्य राखेका थिए। नेपाल भारतकाव्य गोष्ठी सत्रमा बिशिष्ट अतिथि विवेक बादल बाजपुरी, रोहित तिवारी ,अशोक अञ्जाना सहभागी भयेका थिए। उक्त सत्रमा कवि चाँदनी भट्ट, दिनेश बडू,  बिरूवाराम लुहार ,नवराज भट्ट, खिमानन्द बडू  लगायत एकदर्जन कविका रचना बाचन गरिएका थिए। सोही कार्यक्रमका अवसरमा साहित्यिक क्षेत्रमा सक्रिय योगदान पुर्याउनु भयेका साहित्यकार जगदीश ओझा, बिरूवाराम लुहार, वीरबहादुर चन्द, जानकी अवस्थी, खिमानन्द बडू रमेश पन्त  ,पुरनसिंह दयाल,धर्मानन्द भट्ट, हरिप्रसाद खतिवडा लगायत तीनै जना भारतीय  साहित्यकारहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि देबकोटाले भौतिक पूर्वाधार विकासलाई मात्रै बिकास ठान्ने प्रबृति बढेकोमा सामाजिक सास्कृतिक प्रबर्द्धन, पुस्तान्तरण, युवा विचलन रोक्न यस प्रकारको महत्व रहने बिचार राख्दै आफ्नो तर्फबाट सक्दो सहयोग रहने र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने बिचार अभिव्यक्त गर्नु भयेको थियो। कार्यक्रमको समापनमा सहयोगीहरूलाई धन्यवाद गर्दै बिगत लामो समयदेखि युवा विद्यार्थी केन्द्रित कार्यक्रमको निरन्तरता अनुसार नै यो कार्यक्रम आयोजना गरिएको बिचार अध्यक्ष नेगीले राख्नु भयेको थियो।

    लक्ष्मी मा वि बागफाटाका प्र अ परमानन्द नाथ लगायत बिभिन्न १२वटा विद्यालयका शिक्षक एवम् ४दर्जन बढी साहित्यकर्मीहरूको समेत उपस्थिति रहेको कार्यक्रममा जनज्योति मा विका शिक्षक पुष्करराज जोशीको विशेष प्राविधिक सहयोग रहेको थियो। प्रलेस रापस एवम् कञ्चनपुर इञ्चार्ज  युवाकवि कविराज भट्टका अनुसार प्रलेसले अझै विद्यार्थी केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने  कुरा बताउनु भयो।


    प्रतिक्रिया दिनुहोस