शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा ६ दल र २ मोर्चाको निष्कर्ष : एमसीसी विरुद्धको आन्दोलन जनताको बिचमा लैजाने

राष्ट्रिय प्रतिशोध तिर जाने संकेत


सोमबार, फागुन २३ २०७८
  • 790
    Shares

  • images
    images
    कञ्चनपुरमा ६ दल र २ मोर्चाको निष्कर्ष : एमसीसी विरुद्धको आन्दोलन जनताको बिचमा लैजाने

    महेन्द्रनगर । मिलियन च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सांसदबाट अनुमोदन भएपछि विभिन्न ६ राजनितिक दल र दुई मोर्चाले देशव्यापीरुपमा यसको विरोध जनाउदै आएका छन् । यसै क्रममा सोमबार ६ राजनितिक दर २ मोर्चाले कञ्चनपुरमा पनी राष्ट्रघाती एमसीसी सम्झौता त्यसको प्रभाव र राष्ट्रियता विषयक अन्र्तक्रियात्मक कार्यक्रमको आयोजना गरे ।

    (एमसीसी) अमेरिकी सरकारको नेपालमाथी कब्जा जमाउने रणनिती भएको र यसले विस्तारै विश्वयुद्धको संघारमा पु¥याउने तर्फ कार्यक्रममा सहभागिले चिन्ता व्यक्त गरे । अन्र्तक्रीयात्मक कार्यक्रममा बोल्दै अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष ओमप्रकाश भट्टले राष्ट्रमाथी नै कालो बादल मडारिएकाले सबैले संयमता अपनाउनु पर्ने अवस्था आएको बताए । नेपाललाई उपनीवेश बनाउन खोजिएको भन्दै उनले त्यसको सबैले आ–आफ्नो क्षेत्रबाट विरोध गर्नुपर्ने बताए ।  राष्ट्र गहिरो संकटमा परेको र त्यसका विरुद्ध सकारात्मक धारणा राख्दै राष्ट्रीय स्वाधिनताको पक्षमा निरन्तर आन्दोलन थालिने नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरी कुमार सुवेधीले बताए । उनले अबको आन्दोलन आम जनतामा जाने र निर्णायक पनि हुने बताए । 

    नेपालमा वौद्धिक दरिद्रता, वौद्धिक विलासिताका कारण पनी अहिले मुलुकले स्वतन्त्रता त्याग्नुपर्ने अवस्था श्रृजना भएको कार्यक्रमका प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य ओम प्रकाश पुनले बताए । उनले एमसीसीकै कारण राष्ट्रिय प्रतिशोध तिर जाने समेत दावी गरे ।  उनले भने,–‘गृह युद्धको कारण एमसीसीनै बन्ने देखिन्छ, जुन अन्ततहः विश्व युद्धमा परिणत हुने छ ।’ नेपालमा एमसीसी लागु भएपछि अमेरिका लाई चिन सँग प्रतिसोध साध्न सहज हुने र नेपाललाई उपनीवेश बनाउन अमेरिकालाई महत्वपुर्ण अवसर समेत मिलेको उनले बताए । 

    महेन्द्रनगरमा ६ दल र २ मोर्चाले आयोजना गरेको अन्तक्रियात्मक कार्यक्रमले एमसीसी विरुद्धको आन्दोलन जनताको बिचमा लैजाने निष्कर्ष निकालेको हो । कार्यक्रमको अन्त्यमा बोल्दै प्रमुख अतिथी पुनले यो मुद्धा जनताको विषय भएको र यसको महत्व जनतामा बोध गराउनु अत्यन्त जरुरी भएको बताए ।  त्यस्तै एमसीसी राष्ट्रघाती भएको, एमसीसीको पक्षका दललाई भोट नदिने र सत्ता उलट–पलट सहित एमसीसी खारेज गराउने निष्कर्ष ६ राजनितिक दल र दुई मोर्चाले निकालेका छन्  ।


  • सम्बन्धित विषय:

  • # एमसीसी


  • प्रतिक्रिया दिनुहोस