शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रहरीले भन्यो म्यादी भर्ना खुलेको छैन


पश्चिम प्रेस
बिहीबार , फागुन २६ २०७८
  • 692
    Shares

  • images
    images
    प्रहरीले भन्यो म्यादी भर्ना खुलेको छैन

    महेन्द्रनगर । बुधबार सामाजिक सञ्जालमा म्यादी प्रहरीमा भर्ना खुलेको सुचना भाइरल बनेपछि प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना नखुलाइएको स्पष्ट गरेको छ ।  प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचनामार्फत म्यादी भर्ना सम्बन्धी हालसम्म कुनै सूचना प्रकाशित नगरिएको स्पष्ट गरेको हो ।  
    ‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने “म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित–प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेवसाइट र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरा समेत जानकारी गराउँदछौं।’


  • सम्बन्धित विषय:

  • # म्यादी भर्ना
  • # नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस