शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

देश अप्ठ्यारोमा पर्दा कांग्रेसले सत्ता सम्हाल्नु पर्‍यो : नैनसिंह महर


पश्चिम प्रेस
शनिबार, फागुन २८ २०७८
  • 512
    Shares

  • images
    images
    देश अप्ठ्यारोमा पर्दा कांग्रेसले सत्ता सम्हाल्नु पर्‍यो : नैनसिंह महर

    महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देश अप्ठ्यारो परेको बेला कांग्रेसले सत्ता सम्हाल्नुपरेको बताएका छन । नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि महेन्द्रनगर पुगेका नेता महरले कम्युनिस्टले दुई तिहाइको सरकार बनाएर पनि केही गर्न नसकेको बताए । 

    एमालेले गणतन्त्रको बाटो अंगालेर लोकतन्त्रको बाटो भुलेको महरको आरोप छ । त्यस्तै अन्य राजनीतिक दलहरूको अस्थिरतालाई पनि जनताले देखेकाले कांग्रेस नै विश्वासिलो पार्टी भएको उनले दाबी गरे । उनले निःशुल्क स्वास्थ्य,शिक्षा संगै सर्वशुलभ यातायात, संञ्चार र उद्यमशिलता, रोजगार , जनताको अधिकार ,एजेण्डा पार्टीमा प्रवेश गरेकोले यसको कार्यान्वयन तर्फ लाग्नु आजको प्रमुख आवश्कता रहेको बताउदै उनले कांग्रेसलाई जन–जनको मन –मनको पार्टी बनाउनुपर्ने धारणा राखे । 

     


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # नैनसिंह महर
  • प्रतिक्रिया दिनुहोस