महेन्द्रनगर । नेपाली काँग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ । आइतवार काँग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आजबाट चैत २९ गतेसम्म नेपाली काँग्रेसको काँग्रेस जिताऔँ अभियान पहिलो चरणमा हुने बताए । अभियान अन्तर्गत पार्टीले नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न, स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्ने कुरा र अघिल्ला सरकारहरुले गरेको कामको समिक्षा गरेर स्वविवेकले भोट हाल्न अनुरोध गर्ने कुरालाई प्राथमिकता दिएको छ । अभियान अन्र्तगत कांग्रेसले जिल्ला जिल्लामा केन्द्रिय प्रतिनिधि समेत पठाएको छ ।
.gif)