महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले कञ्चनपुरको निमार्ण कम्पनी भवानी कन्ट्रक्सनको कागजपत्र नियन्त्रणमा लिएको छ । महाकाली नदीको नदीजन्य पर्दाथको रोयल्टी संकलनको जिम्मेवारी पाएको भवानी कन्ट्रक्सनले राजश्व चुहावट गरेको आरोपमा अख्तियारले १ सय ठेली लगायतका कागजपत्र नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख राम बहादुर कुरूम्वाङले उजुरी परेपछि अनुसन्धानका लागि निमार्ण कम्पनीको कागजपत्र नियन्त्रणमा लिएको बताए । कम्पनीले रोयल्टि संकलनका लागि भीमदत्त नगरपालिकासंग प्रति घनमिटर रु ७५ का दरले ठेक्का सम्झौता गरेको भएपनि सेवाग्राहीबाट रु १ सय ५ का दरले अशुल्ने गरेको उजुरीपछि अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको हो ।
.gif)