महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई सहभागी गराउने सहमति भएको बताए । काँग्रेसले निर्वाचन आउँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता खोजेको प्रचण्डले बताए ।
सुदूरपश्चिममा नेपाली काँग्रेसको प्रतिनिधित्व छैन,’ उनले भने, ’सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन गर्ने र नेपाली काँग्रेसलाई सहभागी गराउने कुरा उठेको छ ।’ काँग्रेसलाई सरकारमा सहभागी गराउँदा एकीकृत समाजवादीका मन्त्री फिर्ता बोलाउने विषयमा छलफल भएको प्रचण्डको भनाइ छ ।
.gif)