महेन्द्रनगर । कञ्चनपुरको महाकालीमा नदीजन्य पदार्थ उत्खननमा भीमदत्त नगरपालिका र भवानी कन्ट्रक्सन बीच भएको सम्झौतामा डेढ करोड घोटाला भएको पाइएको छ । रोयल्टि संकलनमा डेढ करोड घोटाला भएको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले भवानी कन्ट्रक्सनकोे १ सय ठेली लगायतका कागजपत्र नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख राम बहादुर कुरूम्वाङले उजुरी परेपछि अनुसन्धानका लागि निमार्ण कम्पनीको कागजपत्र नियन्त्रणमा लिएको बताए । कम्पनीले रोयल्टि संकलनका लागि भीमदत्त नगरपालिकासंग प्रति घनमिटर रु ७५ का दरले ठेक्का सम्झौता गरेको भएपनि सेवाग्राहीबाट रु १ सय ५ का दरले अशुल्ने गरेको उजुरीपछि अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको हो ।
.gif)