महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा चितुवा पसेको छ ।
चितुवाले आक्रण गरी ६ वटा मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो । व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा एक लाख २५ हजार बढीको नोक्सानी भएको बताए। “बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले छवटा बाख्रा मारिसकेको थियो”, उनले भने “चितुवाले गर्दा निकै ठूलो क्षति बेहोर्नुपरेको छ।”
.gif)