काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटवार्ता हुन लागेको छ । राष्ट्रपति भण्डारीलाई भेट्न देउवा शीतलनिवास जाने भएका छन ।
प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन । त्यसबारे राष्ट्रपतिसँग छलफलका लागि उनी शीतलनिवास जान लागेका हुन । प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार शुक्रबार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ गराइनेछ ।शीर्ष नेताहरुबीच बिहीबारको सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ । यस्तै, माओवादी केन्द्रले ५ मन्त्री तथा १ राज्यमन्त्री, एकीकृत समाजवादीले ४ मन्त्री तथा जनता समाजवादी पार्टीले ४ मन्त्री पाउने भएका छन ।
.gif)