चैत्र महिना लागेसँगै यतिबेला तराईका बस्तीहरूमा गर्मी बढ्दै गएको छ । गर्मि मौषम सुरु भएसँगै कञ्चनपुर, कैलाली घुम्न आउने बाह्य तथा आन्तरीक पर्यटकका रोजाईमा कञ्चनपुर र कैलालीका सिथील बनाउने पर्यटकिय क्षेत्रहरु पर्दे आएका छन् । गर्मि छल्नका लागी कञ्चनपुरमा तमाम क्षेत्रहरु रहेका छन् । जसले पर्यटकहरुलाई आनन्दीत तुल्याउने गर्दछ ।
बेदकोट ताल
बेदकोट ताल ओहोरदोहोर गर्ने युवायुवतीहरूको संख्या यति वेला झन् बाक्लो हुन्छ । पछिल्लो समय होटल व्यवसाय र अन्य पूर्वाधार विकासमा लगानी बढेसँगै गर्मी सिजनमा रोजाइको गन्तव्य बनेको हो । कञ्चनपुरको उत्तरतर्र्फ दैजिबाट आधा घण्टा भित्र बेदकोटताल पर्दछ । गर्मी छल्नकै लागि बेदकोट तालमा पिकनिक मनाउन जानेहरूको संख्या पनि बाक्लै हुन्छ । यहाँ भ्यूटावर पनि निर्माण गरिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
गर्मि छल्न सुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पनी उपयुक्त पर्यटकिय स्थल हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीव–जन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । दिउँसो ३ बजेभित्र आरक्ष प्रवेश गरेर घाम नडुब्दै बाहिरिनुपर्छ । भित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाक गरिन्छ । निकुञ्जभित्र सानाठूला धेरै फाँटा छन् । हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउ हात्तीसार रहेको छ । जहाँ हात्ती चढ्न पाइन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी तालहरू छन् । महेन्द्रनगर बजारबाट निकुञ्जका लागि साना सवारीसाधनहरू भाडामा लिएर जान सकिन्छ ।
लिंगा
कञ्चनपुर जिल्लाको बेतकोट नगरपालिकामा रहेको लिंगा पुग्न दैजीबाट करिब ५ किलोमिटर उत्तरतर्फ जानुपर्छ । शिवलिंगको स्वरुपजस्तै पहाडका डाँडा भएकाले यसलाई लिंगा भनिएको हो । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटकहरू यहाँ जाने गरेका छन् ।
विष्णु मन्दिर क्षेत्र
कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल विष्णु मन्दिर साकेतधाम हो।पुरातात्व विज्ञ तथा राष्ट्रिय योगी नरहरीनाथले कोटी होम लगाएको विष्णु मन्दिर साकेतधामले परिचित छ। मन्दिर परिसरमा रमणीय त्रिवेणी ताल छ।यहाँ दर्शन र्गन एवंम् घुमघामका लागि आन्तरिक पर्यटक पुग्ने गर्दछन।यहाँ दर्शन र्गन एवंम् घुमघामका लागि आन्तरिक पर्यटक पुग्ने गर्दछन।
बन्दा ताल
धनगढीबाट १५ किलोमिटर टाढा रहेको कञ्चनपुरको बन्धा ताल आफैँमा रमणीय स्थल हो । कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित बन्धाताल कोटिहोम क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । ताललाई उत्तरतर्फबाट जङ्गल र अन्यत्रबाट बस्तीले घेरेको छ । गोलो घेरामा बन्द आकृतिमा रहेकाले यसको नाम बन्धाताल रहन गएको यहाँका बूढापाका बताउँछन्। तालको मनोरम दृष्य नियाल्न, विभिन्न प्रजातिका माछा र जलपंक्षीको क्रीडा हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
कैलालीमा यी क्षेत्र जुन गर्मि छल्न पर्याप्त मानिन्छन् ।
टीकापुर पार्क
स्वीट्जरल्याण्डको लक्साल शहरको नक्साअनुरुप रेखाङ्कन गरिएको टीकापुर पार्क करिब ५ विगाहमा फैलिएको छ । यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरू पाइन्छन् । यो पार्क विशेष गरी पिकनिक खान आउने पर्यटकहरूका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ ।
घोडाघोडी ताल
कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकृत एउटा महत्त्वपूर्ण ताल हो । यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन् । करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धानलगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ ।
गोदावरी
‘गोदावरी क्षेत्र’ धार्मिक र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्र हो । महाभारत लेकको फेदमा रहेको गोदावरीमा आन्तरीक तथा बाह्य पर्यटक गर्मि छल्नका लागी जानेगरेका छन् । प्राकृतिक रूपमा मनोरम तथा धार्मिक, पौराणिक र ऐतिहासिक रूपमा प्रसिद्ध यो क्षेत्रको अवलोकनमा दैनिक सयौँको संख्यामा मानिसहरू पुग्ने गरेका छन् । अत्तरिया बजारदेखि ७ किमिको दूरीमा यो क्षेत्र रहेको छ । गोदावरीलाई सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा पनि लिइन्छ।घुमघाम र शान्त वातावरणमा खानपिनका लागि पुग्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो क्रममा देखिन्छ ।
खानीडाँडा
गोदावरीबाट २२ किलोमिटरमाथि चुरे नगरपालिकाको खाँनीडाडा प्राकृतिक रूपमा मनोरम स्थल हो । चिसो मौसममा गर्मी र गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देख्न सकिन्छ । यहाँ प्रायः गर्मी मौसममा गर्मी छल्न आन्तरिक पर्यटकहरू आउने गर्छन् । चुरे शृंखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडाबाट कात्तिक महिनामा सैपाल हिमाललाई प्रत्यक्ष रूपमा हेर्न सकिन्छ । यहाँ ब्राम्हण, क्षत्री, जनजातिको बसोबास रहेको छ । यहाँको स्थानीय परिकार त्यसमा पनि लोकल कुखुरा यहा निकै प्रचलित छ ।
.gif)