सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बेलायत सरकारको ‘रेड लिस्ट’ बाट हट्यो नेपाल


पश्चिम प्रेस
शुक्रबार, असोज २२ २०७८
  • 1.0K
    Shares

  • images
    images
    बेलायत सरकारको ‘रेड लिस्ट’ बाट हट्यो नेपाल

    काठमाडौं ।  बेलायत सरकारले नेपाललाई रेड लिस्ट अर्थात रातो सूची बाट हटाएको छ । 
    कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो जसमा बिहीबार ४७ वटा देश रातो सूचीबाट हटेका  छन् ।
    बेलायत सरकारले नेपाललाई रेड लिस्ट बाट हटाउन गरको निर्णय आउँदो सोमबारबाट लागू हुने छ । बेलायतले रातो सूचीबाट हटाएपछि नेपालले खुसी व्यक्त गरेको छ ।
    नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी ट्वीटरमार्फत दिएकी छन् ।
    नेपाललाई रातो सूचीबाट हटाएपछि लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता श्रीमती रोशन खनालले बेलायत सरकारको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएकी छन् । उनका अनुसार अब बेलायत यात्रा गर्ने नेपाली विद्यार्थी तथा यात्रुहरुलाई सहज हुने छ ।
    यसै वर्षको शुरूमा ब्रिटेनले संसारभरिका देशहरुलाई ‘रातो’, ‘पहेंलो’ र ‘हरियो’ गरी तीन सूचीमा राखेर वर्गीकरण गरेको थियो । बिहीबारको निर्णयबाट बेलायतले पहेंलो सूची हटाएर हरियो सूचीमा रहेका देशहरुको संख्या बढाएको छ ।


    प्रतिक्रिया दिनुहोस