महेन्द्रनगर । स्थानियतह २०७४ मा निर्वाचित जनप्रतिनिधीहरुको कार्याअवधी लगभग सकिदैगएको छ । स्थानियतहको वागडोर सम्हालीरहेका जनप्रतिनिधी कुन दलबाट कती मत पाउदै निर्वाचित भएका थिए भन्ने विषय हामिले खोतलेका छौ । कञ्चनपुरको भीमदत्त, बेदकोट, दोधाराचादनी, सुक्लाफाँटा, कृष्णपुर, लालझाँडी, बेलौरी र पुर्नवास नगरपालिका पछि बेलडाँडी गाउँपालिकाको अवस्थाको विषयमा पनी हामिले समाचार तयार पारेका छौँ । आगामी स्थानिय तहमा कुनदलले बागडोर सम्हाल्लान त भन्ने चासोको विषय बन्दै गएको छ । बेलडाँडी गाउँपालिकामा पहिलो पटकको निर्वाचनमा नेकपा एमालेले ३ वडा सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा आफ्नो स्थान कायम गरेको थियो । आगामी निर्वाचनमा भने एमालेले स्थान कत्तिको सुनीच्चीत गर्ला त भन्ने चासोको विषय बनेको छ ।
बेलडाँडी गाउँपालिकामा नेकपा एमालेका धन बहादुर क्षेत्री ६ सय १९ मतसहित अग्रता लिदै गाउँपालिका अध्यक्षमा निर्वाचीत भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका चन्द्र बहादुर सिंह २ हजार ५ सय ९६ मत सहित पराजित भएका थिए । उपाध्यक्षमा पनी नेकपा एमालेकै कमला देवी कार्की ३ हजार १ सय ३७ मत सहित निर्वाचित भएकी थिइन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी किसना देवी गिरी २ हजार २ सय ७५ मत ल्याएर पराजित भएकी थिइन् ।
५ वडा रहेको बेलडाँडीमा यसअघी १, २ , ४ र ५ गरी चार वडामा नेकपा एमालेका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका थिए भने वडा नम्बर ३ मा नेपाली कांग्रेसले विजयहासिल गरेको थियो ।
वडा नम्बर १ मा नेकपा एमालेका अम्मर बहादुर खत्री ५ सय ३१ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका एकेन्द्र शाहले ४ सय ८६ मत पाएका थिए । वडा नम्बर २ मा पनी नेकपा एमालेका प्रेम राज खाती ७ सय ८२ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका विष्णु राम उपाध्याय ५ सय ३१ मतमा समेटिएका थिए । वडा नम्बर ३ मा नेपाली कांग्रेसका दुर्गा प्रसाद चौधरी ७ सय ३१ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका गणेश बहादुर बिष्टले ४ सय ७६ मत पाएका थिए ।
वडा नम्बर ४ मा नेकपा एमालेका विर बहादुर खड्का ४ सय २ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका धन बहादुर रोकायाले २ सय ७७ मत पाएका थिए । वडा नम्बर ५ मा पनी नेकपा एमालेकै कृष्ण बहादुर रोकाया ७ सय २७ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका छविलाल सेजवालले ४ सय ९४ मत पाएका थिए ।
.gif)