शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

जिल्ला प्रशासन कञ्चनपुरबाट ११ सय बढीले लिए ई–पासपोर्ट 


सोमबार, चैत ७ २०७८
  • 1.0K
    Shares

  • images
    images
    जिल्ला प्रशासन कञ्चनपुरबाट ११ सय बढीले लिए ई–पासपोर्ट 

    महेन्द्रनगर । कञ्चनपुरमा पहिलो पटक ई–पासपोर्ट (विद्युतीय राहदानी) प्रयोगमा ल्याइएसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ई–पासपोर्ट बनाउनेको घुइँचो लाग्न थालेको छ । अन्तर्राष्ट्रियस्तरमै निकै भरपर्दो, विश्वासिलो र सुरक्षित मानिएको विद्युतीय राहदानी कञ्चनपुरमा पुष १९ गते देखी प्रयोगमा ल्याइएको थियो । साढे २ महिनाको अवधीमा १ हजार १ सय ६० जनाले ई–पासपोर्ट  बनाएका प्रशासनले जनाएको छ ।

    राहदानी फाँटका नायव सुव्बा ओमकार साउँदका अनुसार दैनिक ३६ जनाको कोटा रहेकोमा हप्ताको एकदिन शुक्रबार पासपोर्टका लागी आवेदन खुला गरिएको हुन्छ । ई–पासपोर्ट सेवाका लागी जिल्ला प्रशासन कार्यालयमा तिन जना कर्मचारी खटिएका छन् । सुरुमा काम सिक्नमा भएको ढिलाईले ढिलासुस्ती भएकोमा अहिले धमाधम ई–पासपोर्ट का लागी आवदेन संकलन भइरहेको नायव सुव्वा साउँदले बताए ।  

    सर्वसाधारण जनतालाई दिइने पासपोर्ट चकलेटी रंगको बनाइएको छ । जसका लागि उनीहरुले साविककै ५ हजार रुपैयाँ तिरे पुग्छ । विद्युतीय राहदानीका लागि निवेदन दिँदा राष्ट्रिय परिचयपत्र वा सोको नम्बर आवश्यक पर्ने हुँदा जिल्ला प्रशासन कार्यालयमार्फत उक्त नम्बर लिई राहदानी विभागको वेबसाइटमा गई आवेदन दिनुपर्छ । विद्युतीय राहदानी सेवा सुदूरपश्चिम प्रदेशको हाल दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै लागू गरिएको छ । सो सेवा हाललाई जिल्लाभित्रका स्थायी बासिन्दाले मात्रै प्रयोग गर्न पाउने छन् ।

    हाल काठमाडौंमा अत्याधीक भिड रहेको हुँदा १५ दिनभित्र आइपुग्ने पासपोर्ट २५ दिन जती लागीरहेको प्रशासनले जनाएको छ ।




    प्रतिक्रिया दिनुहोस