मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

मेरो प्राथमिकता महामन्त्री हो मन्त्री होईन : गगन थापा


पश्चिम प्रेस
शुक्रबार, असोज २२ २०७८
  • 966
    Shares

  • images
    images
    मेरो प्राथमिकता महामन्त्री हो मन्त्री होईन :  गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अहिले आफ्नो प्राथमिकता मन्त्री नभएर महामन्त्री रहेको बताएका छन ।  वर्तमान सरकार गठनदेखि नै मन्त्री बन्ने चर्चामा रहेका उनले कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदको प्रत्याशी बन्ने र आफ्नो ध्यान पार्टी सुदृढ गर्नेतर्फ केन्द्रीत रहेको बताए ।
    महामन्त्रीको प्रत्याशीका रूपमा पार्टीको अधिवेशनमा व्यस्त रहेको भन्दै  कांग्रेसको रुपान्तरण आफ्नो सरोकार रहेको बताए । ‘म अहिले सम्पूर्णरूपमा महाधिवेशनमा केन्द्रित छु । देशभरका साथीहरूसँग संवादमा रहेको छु । यतिबेला म सरकारमा भन्दा पार्टीमा आफ्नो योगदान बढाउने सोचमा छु ।’ थापाले भने । उनले गठबन्धन सरकारमा मन्त्री बनेका सबैले जनताको हित र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए । 


    प्रतिक्रिया दिनुहोस