शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

मैले कञ्चनपुरबाट चुनाव लड्ने कुरा हल्ला हो : आरजु देउवा


पश्चिम प्रेस
बिहीबार , चैत १० २०७८
  • 624
    Shares

  • images
    images
    मैले कञ्चनपुरबाट चुनाव लड्ने कुरा हल्ला हो : आरजु देउवा

    कैलाली । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कञ्चनपुरबाट चुनाव लड्ने कुरा हल्ला भएको बताएकी छन ।
    बिहिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै राणाले प्रतिनिधि सभाको निर्वाचनमा आफू पुनः कैलाली क्षेत्रनम्बर ५ बाटै उम्मेदवारी दिने बताउँदै अन्य ठाउँबाट चुनाव नलड्ने बताएकी हुन । ‘कञ्चनपुरबाट लड्ने भन्ने कुरा हल्लाहो । म पहिले पनि यहीबाट चुनाव लडेकाले फेरि यहीबाट लड्छु ।’ उनले भनिन– ‘सर्लाहीका साथीहरूले पनि आऊ भन्नुभएको छ । कोहलपुरका साथीहरूले पनि बोलाउनुभएको छ तर मैले ४÷५ वर्षदेखि यही काम गरिरहेकाले कैलालीबाटै उम्मेदवारी दिन्छु ।’ 
    त्यसैगरी उनले गठबन्धन गरेर चुनावमा जाने सम्झौता भएको भन्दै त्यहि अनुसार होमवर्क भइरहेको उनको भनाई थियो ।


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # आरजु देउवा
  • प्रतिक्रिया दिनुहोस