मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण


पश्चिम प्रेस
शुक्रबार, असोज २२ २०७८
  • 877
    Shares

  • images
    images
    नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

    काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई सपथ खुवाएकी हुन । नेपालको संविधान २०७२ को धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले मन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई सपथ खुवाएका हुन । शुक्रबार १६ मन्त्री र २ राज्यमन्त्री थप गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन ।
    यसअघि कांग्रेसबाट ३ मन्त्री र एकराज्यमन्त्री र माओवादीको तर्फबाट २ मन्त्री नियुक्त भएका थिए । नयाँ  मन्त्री थपिएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो। संविधानबमोजिम मन्त्रिपरिषद् २५ सदस्यीय हुने व्यवस्था छ ।नवनियुक्त मन्त्रीहरुमा नेपाली कांग्रेसबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा दिलेन्द्रप्रसाद बडू, रक्षामन्त्रीमा मिनेन्द्र रिजाल, खानेपानी मन्त्रीमा उमाकान्त चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा रेग्मी भएका छन ।
    यसअघि प्रधानमन्त्री देउवाले कांग्रेसको तर्फबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्रीमा कार्की र परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका थिए । यसअघि स्वास्थ्य राज्यमन्त्री भएका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।
    नेकपा माओवादी केन्द्रको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि देवेन्द्र पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण शशी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री, महेश्वर गहतराज मन्त्री बनेका छन् । यस्तै वोधमाया कुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि ऊर्जा मन्त्रालय पम्फा भुषाल र अर्थ मन्त्रालय जनार्दन शर्माले जिम्मेवारी लिएका थिए ।

    यस्तै, नेकपा एकीकृत माजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी विरोध खतिवडालाई दिइएको छ । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकासमन्त्रीमा रामकुमार झाँक्री, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ नियुक्त भएका छन ।

    जनता समाजवादी पार्टीको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, वन तथा वातावरणमन्त्री रामसहाय यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव बनेका हुन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा संसद नै नभएका गजेन्द्र हमाल नियुक्त गरिएको छ । उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री भएको भन्दै सर्वत्र आलोचना भएको छ ।


    प्रतिक्रिया दिनुहोस