काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सत्ता गठबन्धनसँग मन्त्रीको भागबण्डा लिएर न्यायालय बदनाम गराएको भन्दै कानुन व्यवसायीहरुले आपत्ति जनाएका छन ।
प्रधानन्यायाधीशले न्यायालय बदनाम गराएको भन्दै यसविरुद्ध बार कडा रुपमा प्रस्तुत हुनुपर्ने वरिष्ठ कानुन व्यवसायीहरुले माग गरेका हुन । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य समेत सहभागी भएको छलफलमा पूर्व अध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु सहितका कानुन व्यवसायी थिए । प्रधानन्यायाधीशको यो कदमले न्यायालयको स्वतन्त्रतामा प्रश्न उठेको भन्दै न्यायालय सुधारका लागि बारले अग्रसरता देखाउनु पर्ने कानुन व्यवसायीको माग छ। यदि बारले तत्काल अग्रसरता नदेखाए समानान्तर कमिटी बनाएर प्रधानन्यायाधीशको कदमविरुद्ध उत्रने समेत कानुन व्यवसायीको चेतावनी छ ।
बारले सर्वोच्चलाई मिति तोकेरै ५ विषय कार्यन्वयन गर्न अल्टिमेटम दिनु पर्ने कानुन व्यवसायीको माग छ । उनीहरुले सर्वोच्चमा तत्काल गर्नु पर्ने र दीर्घकालमा गर्नु पर्ने सुधारको सूची समेत बारलाई बुझाएका छन । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको टोलीले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र त्यसका लागि समय तोकेरै बारले प्रधानन्यायाधीशसँग कुरा गर्नु पर्ने र नगरे आन्दोलन गर्नु पर्ने माग गरिएको छ ।
.gif)