मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

वन डढेलो व्यवस्थापनका लागि कञ्चनपुरमा अग्रिम तयारी


पश्चिम प्रेस
शनिबार, चैत १२ २०७८
  • 923
    Shares

  • images
    images
    वन डढेलो व्यवस्थापनका लागि कञ्चनपुरमा अग्रिम तयारी

    महेन्द्रनगर । जिल्ला वन कार्यालय कञ्चनपुरको अगुवाईमा बन डढेलो व्यवस्थापन जनचेतना सप्ताहको सम्पन्न  भएको छ । हावा हुरीको सुख्खा मौसम आउन लागेको अवस्थामा बनमा डढेलो लाग्नबाट बचाउन र डढेलो लागेमा कसरी नियन्त्रण गर्ने भन्ने बारे विभिन्न ठाउँमा विविध र्याली सहित सप्ताह सम्पन्न गरिएको जिल्ला वनकार्यालय कञ्चनपुरले जनाएको हो । 

    जिल्ला वन अधिकृत अजय विक्रम मानान्धरले आफ्नो क्षेत्रको बन डढेलोबाट जोगाएर बन पैदावार, बनस्पति र जनधनको क्षति कम गर्न स्थानीयलाई सजक बनाउन कार्यक्रम राखिएको बताए । उनले प्रत्येक इलाकामा बन समूह मिलेर अग्नि नियन्त्रक सञ्जाल बनाउन समेत सुझाव दिए ।  कञ्चनपुरमा जिल्ला वन अन्र्तगत गत आर्थीक वर्षमा दुई सय ५० हेक्टरवन क्षेत्रफलमा क्षति पु¥याएको सूचना अधिकारी शिवराज अवस्थीले जानकारी दिए । 

    वन ऐन २०७६ को दफा ५० उपदफा ४ बमोजिम आगो लगाउने व्यक्तिलाई ३ वर्ष कैद वा जनही ६० हजार रुपैया जरिवाना तोकेको छ । जिल्ला र स्थानीय तहमा डडेलो नियन्त्रण सम्बन्धी काम भए पनि कोठाभित्रै सीमित भएको हुँदै आएको छ । फागुनदेखि जेठसम्म डढेलो नियन्त्रणमा राष्ट्रिय अभियान चलाएर जनस्तरमा प्रतिबद्धता गराउनुपर्ने स्थानियतहका जनप्रतिनीधिहरुको धारणा छ । 

    कञ्चनपुरमा यस वर्ष डढेलो नियन्त्रणका लागी बजेट नआउदा पुरानै उपकरणहरुको सहारा लिनुपर्ने अवस्था रहेको सूचना अधिकारी अवस्थीले बताए । उनले प्राकृतीक कारणले डढेलो अत्याधीक हुने गरेको समेत बताए  । 

     


    प्रतिक्रिया दिनुहोस