महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापकहरुले पार्टी कार्यालयमा सपथ लिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । प्राध्यापकहरुले यसरी पार्टी कार्यालयमा गएर सपथ लिन नहुनेभन्दै सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भइरहेको छ । नेकपा एमाले निकट प्राध्यापकहरुको संगठन नेपाल प्रगतिशील प्राध्यापक संगठनको शनिवार नवनिर्वाचत कार्यसमितिले पार्टी कार्यालयमा गएर सपथ लिएको हो । संगठनका अध्यक्ष बिरेन्द्र प्रसाद भट्ट,उपाध्यक्ष प्रकाश चन्द बडु,सचिब चक्र बहादुर विष्ट,कोषाध्यक्ष हर्ष बहादुर चन्द,सदस्यहरु मदन खड्का,हरि दत्त पन्त र हरिशरण भट्टले पार्टी कार्यालयमा सपथ लिएका हुन । नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष विरेन्द्र प्रसाद भट्टले संगठनको सपथ लिएको बताए ।“हामीले पार्टीको सपथ लिएका होइनौ संगठनको प्रतिवद्धता हो अन्यथा लिनुपदैन ।” उनले भने–“पार्टी कार्यालयमा ठाउँ भएर हामी त्यहा गएका हौ त्यहा पार्टीको कुनै मान्छे थिएन ।”
.gif)