महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको हो । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत ३० गते भित्र नजिकैको प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हो ।
.gif)