महेन्द्रनगर । आश्वासनका २८ वर्षसम्म पश्चिम सेती जलविद्युत आयोजनाको काम सुरु नभएको भन्दै प्रधानमन्त्री शेरवहादुर देउवालाई १ लाख पत्र डोकोमा पठाइको छ । बोलन्या थलीको आयोजनामा देउवालाई एक लाख पत्र पठाउन लागिएको हो । “२८ वर्षदेखीका मेरा आशा र सपनाहरुले अैठन गर्यो र पो लेख्न बाध्य भए ।” पत्रमा लेखिएको छ –“सुदूरपश्चिमको गौरवको आर्थिक सामाजिक रुपान्तरणको वैभव र युवाहरुको सपना हाम्रो ७५० मेगावाटको पश्चिमसेती जलविद्युत आयोजनाको निमार्ण प्रक्रिया तत्काल अघि बढाउन अनुरोध गर्दछु ।”
.gif)