महेन्द्रनगर । आगामि बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनको लागि जनक शिक्षा साामग्री केन्द्रले नेपालि सेना र सुरक्षाकर्मिको निगरानीमा मतपत्र छाप्ने भएको छ । चैत १७ गते नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्वाचन आयोगले निर्णय गरेसँगै जनक शिक्षाकेन्द्रले पनि तयारि गरेको हो ।
उक्त २ करोड मतपत्र छाप्न ९ वटा मेसिन तयारी अवस्थामा राखिएको छ ।मतपत्र छपाइ स्थलको सुरक्षा व्यवस्था मिलाउन आज नेपालि सेनाको टोली आउँर्दैछ । नेपालि सेना सहित १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुने जनक शिक्षाका सुचना अधिकारि चित्रकुमार आर्चायले जानकारि दिएको छ ।
.gif)