महेन्द्रनगर । सम्झौता भएको एक वर्ष सम्म भीमदत्त नगरपालिकामा भ्यू टावरको निर्माण कार्य सुरु हुन सकेको छैन् । वडा नम्बर १२ मा भ्यू टावर निर्माणका लागि गत वर्ष भीमदत्त नगरपालिका र महारुद्र निर्माण सेवा कम्पनीबिच सम्झौता भएको थियो ।
सम्झौता भएको वर्ष दिन बितिसक्दा भ्यू टावरको निर्माण कार्य सुरु नभएको बारे नगरपालिकाको भने फरक भनाई छ । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरीसिह धामीले कार्यादेस नबन्दा भ्यू टावर निर्माण कार्य अघि बढ्न नसकेको बताए ।
नगरपालिका र महारुद्र निर्माण कम्पनी बिच ७४ लाखमा भ्यू टावर निर्माणका लागी ठेक्कासम्झौँता भएको थियो । तर अहिले उक्त योजना नै अलपत्र परेको बताइएको छ । नगरपालिकाका एक कर्मचारीका अनुसार कार्यादेश नबन्दा भ्यू टावरको योजना छतविछत भएको छ ।
दोधाराचादनी नगरपालिकाले पनि भ्यू टावर निर्माण गर्न भनी ४२ लाख ८३ हजार रकम छुट्याएको छ । नगरपालिकाका इन्जिनियर दीपेन्द्र राज भट्टका अनुसार वडा नम्बर ४ झोलुङ्गे पुल नजिक भ्यू टावर निर्माणका लागी गत असोज ८ गते कार्यपालिका बैठकबाट सुमन कन्स्ट्रक्सन सँग निर्माण सम्झौता गरेको हो ।
आगामी असार मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता गरिए पनि निर्माण कार्य भने अगाडी बढ्न सकेको छैन । आन्तरीक तथा बाह्य पर्यटकको सुविधाका लागी भन्दै निर्माण थालिने लक्ष्य लिएको नगरपालिकाले प्रक्रियागत ढिलाइ भएको बताएको छ । नगरपालिकाका सूचना अधिकारी डम्मर ध्वज अवस्थीले निर्माण सामाग्रीको जोहो भइरहेको बुझिएकाले छिट्टै निर्माण प्रक्रिया अगाडी बढ्ने दाबी गरे ।
.gif)