शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :
बिमस्टेककाे पाँचाै शिखर सम्मेलनलाई सम्बाेधन

दिगो विकास लक्ष्यलाई पूरा गर्नुपर्छ: प्रधानमन्त्री देउवा


पश्चिम प्रेस
बुधबार, चैत १६ २०७८
  • 536
    Shares

  • images
    images
    दिगो विकास लक्ष्यलाई पूरा गर्नुपर्छ: प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताउनुभएको छ ।
    श्रीलङ्कामा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो । उहाँले दिगो विकास र शान्तिको लागि विम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा राख्नुभयो । हामीले दिगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्नुहुँदै भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको देश नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको बताउनुभयो ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्रि शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस