बुधबार, कात्तिक २६ गते २०८३ || Nov 11, 2026
  • यो साता चर्चामा :

स्थानीय सरकारका पाँच वर्ष : जनप्रतिनिधीप्रति नागरिकका गुनासै गुनासा


पश्चिम प्रेस
शुक्रबार, चैत १८ २०७८
  • 1.1K
    Shares

  • images
    images
    स्थानीय सरकारका पाँच वर्ष : जनप्रतिनिधीप्रति नागरिकका गुनासै गुनासा

    महेन्द्रनगर । आसन्न स्थानियतहको निर्वाचन आउन एक महिना बाँकी छ । मुलूक संघियतामा गएपछि पहिलो पटक २०७४ मा सम्पन्न स्थानियतहका जनप्रतिनिधीले ५ वर्षे कार्यकालमापुर्वाधार विकासमा केन्द्रीत नभएको स्थानियले गुनासो गरेका छन् । 
    देश संघियतामा गएपछि पहिलो पटक निर्वाचीत जनप्रतिनिधी भौतिक संग्रचना निर्माणमै केन्द्रीत भएको स्थानिय बताउँछन् । ठुला–ठुला भवन, कार्यालय रंग रोगनमै ५ वर्ष विताएका जनप्रतिनिधीहरु जनताको हित कल्याणमा भने केन्द्रीत भएको नपाइएको भीमदत्त नगरपालिका–१० सुखासालका मानसिह सिलालले बताए । कपडा सिलाउदै आएका उनले गरिखाने वर्गका लागी पनी कुनै राहतका कार्यक्रम सञ्चालमा ल्याएको जानकारी नपाएको बताए । 

    जनप्रतिनिधीहरु जनसेवातर्फ केन्द्रीत हुनुपर्नेमा आसेपासे, आफ्न्त, नजिकका लागी मात्रै सिमीत भएको उनले बताए । एकातिर चर्काे करले व्यवशाय गरिखाने वर्ग कुनै समयतश्रृण निकालेर कर तिर्नुपर्ने अवस्थामा पुगेको बताउँछन् ।  भीमदत्त नगरपालिका मात्रै नभई बेदकोट नगरपालिका –१० सिसैयाका भिमदत्त पन्तको भोगाइ पनी उस्तै छ । छाडापशु चौपायाको समस्या झन बल्झीएको, युवा बेरोजगारी झन बढेको करको मार थेगिनसक्नु भएको उनले बताए । ५ वर्षे कार्यकालमा चौपाया व्यवस्थापनका नाममा प्रयास मात्रै गरेको देखियो उनले भने,–‘कुनै पनि विकासका कामले पुर्णता भने पाएन् ।’

    बझाँङको वित्थडचिर गाउँपालिकाका स्थानिय कर्ण बहादुर बोहराले पहाडिक्षेत्रमा विकासका नाममा खानेपानीका योजना मात्रै अगाडी बढेका देखेको बताए । युवाहरु रोजगारीका लागी भारतको पिथौडागढ जाने क्रम बढेको छ, उनले  भने,–‘स्वदेशमै रोजगारीका कार्यक्रम सञ्चालन भइदिएको भए सायद युवा शक्ति स्वदेशमै निर्भर रहन्थ्ये, विकासले गति लिन्थ्यो ।’ गरिखाने वर्गलाई पनी कुनै किसीमका राहतका कार्यक्रममा समावेस नगरीदापेसाबाट नै पलायत हुनुपर्ने अवस्था आएको कैलालीको बर्दगोरिया गाउँपालिकास्थानिय तिलक डगौराले बताए । विगत ६ वर्षदेखी माछापालन गर्दे आएका चौधरी बजार नपाउदा समेत समस्या झेल्नुपरेको गुनासो गर्छन् । 


    प्रतिक्रिया दिनुहोस