काठमाडौँ । अमेरिकाको लस एन्जेलस सहरस्थित कन्ट्री म्युजियम अफ आर्टमा नेपालका दुई पुरातात्विक सम्पदा फेला परेका छन् । काठमाडौं र ललितपुरबाट ४० वर्षअघि हराएका दुई पुरातात्विक सम्पदा कन्ट्री म्युजियम अफ आर्टमा फेला परेका हुन् ।
एक साताअघि मात्रै यो म्युजियममा पाटनको एक बहीबाट ४० वर्षअघि हराएको चिन्तामणि लोकेश्वरको काठमा कुँदिएको आकृती फेला परेको थियो ।
नेपालबाट चोरिएका वा हराएका सम्पदाको पहिचान प्रक्रियामा सहयोग गर्दै आएको ‘लस्ट आर्ट अफ नेपाल’ले सोमबार जारी गरेको सूचनामा यही म्युजियममा भक्तपुर दरबार स्क्वायर छेउको त्रिपुरा सुन्दरीमा रहेको प्रस्तर आकृति ‘यक्ष’ फेला परेको छ ।
कलात्मक इतिहासको यो शैलीमा ढुंगेधारामुनि भगिरथ वा यक्षको आकृति कोरिएको हो । सातौं शताब्दीको सिर्जना मानिने ‘यक्ष’ आकृति हराएको बारे स्थानीयबासी जानकार रहेपनि यसको यथास्थितीबारे बेखबर थिए ।
.gif)