शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य


बुधबार, चैत २३ २०७८
  • 757
    Shares

  • images
    images
    प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९८ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार छ ।

    यसको मूल्य मङ्गलबार प्रतितोला रु ९८ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१९ डलर आसपास कारोबार भइरहेको छ । 




    प्रतिक्रिया दिनुहोस