महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’का छोरी र बुहारी राजनीतिमा सक्रिय छन् । पछिल्लो समय कान्छी छोरी र ज्वाइँलाई पनि राजनीतिमा सक्रिय गराउन प्रचण्ड सक्रिय छन।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने सहमति बनेको छ। केन्द्रमा त्यहीअनुसारको तयारी पनि भइरहेको छ । तर पालिकामा भने तालमेल गर्न कांग्रेसले मानिरहेको छैन । केन्द्रबाट टुंग्याउने भनिएको भरतपुर महानगरपालिकामा प्रचण्ड आफ्नी छोरी रेणु दाहाललाई मेयरमा पुनः दोहो¥याउन चाहन्छन् भने कांग्रेस पनि यसपालि भरतपुर नछाड्ने अडानमा छ। भरतपुरमा छोरीको भविष्यलाई लिएर चिन्तित रहेका बेला प्रचण्डलाई अर्को आपत् आइलागेको छ । छोरीका लागि भरतपुर सेट गर्न दौडधुप गरिरहेका बेला बुहारी बिना मगरको क्षेत्रमा चुनावी तालमेल नगर्ने नेपाली कांग्रेसको निर्णयको सामना प्रचण्डले गर्नुपरेको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा सत्तारुढ नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने घोषणा गरेको हो । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट प्रचण्डकी बुहारी बिनाले प्रतिनिधिसभा सदस्यमा जितेकी थिइन् । छोरीपछि बुहारीको क्षेत्रमा पनि कांग्रेसले तालमेल नगर्ने अडान लिएपछि प्रचण्डलाई अर्को चुनौती थपिएको हो ।
.gif)