शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

जुम्लामा रारा अल्ट्रा म्याराथन


शुक्रबार, चैत २५ २०७८
  • 1.0K
    Shares

  • images
    images
    जुम्लामा रारा अल्ट्रा म्याराथन

    जुम्लामा रारा अल्ट्रा म्याराथन सुरु भएको छ । जिल्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले म्याराथन सुरु गरिएको हो । कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा भएको उक्त म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभयो । क्लबका अध्यक्ष सरोज शाहीले खेलकुदको महत्वबारे बुझाउन तथा खेल संस्कृतिको विकास गर्न म्याराथन सुरु गरिएको बताउनुचयो ।

    कीर्तिमानी धावक हरिबहादुर रोकायाले अल्ट्रा म्याराथन पहाडमा दौडिँदै शान्तिको आनन्द लिने माध्यम भएको धारणा राख्नुभयो । कर्णाली स्पोर्टस् क्लबका अनुसार हालसम्म दौडका लागि ६० जनाले नाम दर्ता गराएका छन् । प्रथम हुनेले रु एक लाख २५ हजार, द्वितीयले रु ६२ हजार ५००, तृतीयले रु ३७ हजार ५०० र सान्त्वना पुरस्कार सात जनालाई जनही रु ६ हजार ५०० का दरले प्रदान गरिने छ । जुम्ला सदरमुकाम खलङ्गाको चन्दननाथ मन्दिरबाट चेरे लेक, बुलबुले हँुदै रारातालमा गएर दौड सकिनेछ । –––




    प्रतिक्रिया दिनुहोस