मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

म्यादी प्रहरीमा समेत नेताकै हुकुमत, सबै चरणमा पास उम्मेदवार समेटिएनन् लिस्टमा


पश्चिम प्रेस
शनिबार, चैत २६ २०७८
  • 2.0K
    Shares

  • images
    images
    म्यादी प्रहरीमा समेत नेताकै हुकुमत, सबै चरणमा पास उम्मेदवार समेटिएनन् लिस्टमा

    महेन्द्रनगर । आगामी स्थानियतहको निर्वाचनका लागी देशै भरी म्यादी प्रहरीको भर्ना छनौट प्रक्रिया पुरा भएको छ । कञ्चनपुरमा पनि पुरुष उम्मेदवार तर्फ १ हजार ९६ जना र महिला उम्मेदवार तर्फ ३ सय ४२ जना छनौटमा परेका छन् ।

    तर म्यादी प्रहरी भर्नामा निष्पक्षता नभएको भर्ना छनौटमा सहभागी उमेदवारहरुले गुनासो गरेका छन् । प्रारम्भिक स्वास्थ्य जाँच देखी, लिखित परीक्षा हुँदै अन्तर्वार्ता सम्म क्षमताले पास भएका युवाहरू अन्त्यमा लिस्टमा नाम नसमिटीएको बत्ताउँछन् । जसको एक मात्रै कारण प्रहरी नेताकै हुकुम मान्न तयार हुनु ।

    कञ्चनपुरमा राजनितिकदलका नेताहरूले म्यादी प्रहरी भर्नामा आसेपासे नजिकका लाई म्यादी बनाउन दिएको दबाबले प्रहरी पनि हुकुम मान्न तयार भएको उमेदवाहरुको कथन छ ।  ४० दिनका लागी म्यादी बन्ने रहर बोकेर स्नातकतहमा अध्ययनरत युवाहरू अन्तर्वार्तामा छनौटमा परेपनी लिस्टमा नसमिटीदा कुशल म्यादी भन्दा पनि नेताहरूकै चाकरीबाट आएकालाई म्यादी बनाउन तल्लीन भएको आरोप लगाइएको छ ।  

    जिल्लामा म्यादी प्रहरीको अन्तर्वार्ता छनौँटका लागी ६ जनाको टिम खटिएको थियो । जसमा नेपाली सेनाबाट दुई जना, प्रशासन बाट एक जना, जिल्ला प्रहरी कार्यालयबाट २ जना र राष्ट्रिय अनुसन्धानबाट एक जना खटाइएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्र शाहका अनुसार पुरुष उम्मेदवार तर्फ १ हजार ९६ र महिला उम्मेदवार तर्फ  सय ३ सय ४२ जना छनाँैटमा परेका छन् । वैकल्पिकमा ६९ महिला र २ सय २२ पुरुष छन् । 

    म्यादी प्रहरीका लागी भन्दै जिल्लामा झन्डै १० हजारले आवेदन दिएका थिए । ती मध्ये छनौटमा को र कस्ता परे भन्ने चासोको विषय बनेको हो ।

    अहिले अन्तर्वार्ता सम्म सहजै उत्रिर्ण भएका तर नेताको साथ सहयोग नभएका उमेदवारहरु भने आश्चर्यमा छन् । भीमदत्त नगपालिका–७ का हरिस भट्ट पनि अन्तर्वार्तामा सहजै उत्रिर्ण भएका उम्मेदवार हुन् । तर म्यादी प्रहरीको अन्तिम लिस्ट सार्वजनिक हुँदा उनको नाम भने समेटिएन । ‘अन्तर्वार्तामा सोधिएका प्रश्नहरूको जवाफ दिन जटिल त थिएँन्, जसअनुरूप अन्तर्वार्ताबाट पास भइस् भन्दै पठाइएको थियो’–उनले भने,–तर नाम भने लिस्टमा भेटिएन ।’ 

    म्यादी प्रहरी भर्ना छनौट कुनै पनि हिसाबले निष्पक्ष नभएको उनको भनाई छ । पुसअप हान्न नसक्ने पनि छनौट भएका छन्, उनले भने,–‘लिखित परीक्षामा समेत पावरको भरमा परेकालाई सहजै सिकाइएको थियो ।’ त्यस्तै बेलौरी नगरपालिकाबाट आएका अर्का उम्मेदवार भरत विकले पनि भर्ना छनौट निष्पक्ष नभएको बताए । उनले भने,–‘ टाढाबाट खर्च गरेर पुग्यौँ, निष्पक्ष होला भन्ने आसमा आवेदन दिएका थियौँ, तर अहः नेताकै चाकरीबाट आएको भए सहजै नाम निस्कने रहेछ ।’

    म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी श्याम चौधरीले योग्य उम्मेदवारलाई मात्रै छनौट गरिएको दाबी गरे । एसपी चौधरीले उम्मेदवारको क्षमता, दक्षता अनुसार नै म्यादीमा छनौट गरिएको जनाए ।


    प्रतिक्रिया दिनुहोस