शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

वरिष्ठ पत्रकार खरेल रासस सञ्चालक समिति सदस्यमा मनोनीत


आइतबार, चैत २७ २०७८
  • 1.3K
    Shares

  • images
    images
    वरिष्ठ पत्रकार खरेल रासस सञ्चालक समिति सदस्यमा मनोनीत

    राष्ट्रिय समाचार समिति (रासस)को सञ्चालक सदस्य पदमा मोरङका वरिष्ठ पत्रकार शङ्कर खरेल मनोनित हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यही चैत २२ गतेको (मन्त्रिस्तरीय) निर्णयानुसार विराटनगर–३ मोरङका पत्रकार खरेल राससको सञ्चालक सदस्यमा मनोनित हुनुभएको हो ।

    मन्त्रालयले उहाँलाई रासस ऐन, २०१९ को दफा ८ को उपदफा (१) बमोजिम चार वर्षका लागि सदस्यमा मनोनयन गरेको जनाएको छ । विसं २०४४ मा पुष्पाञ्जली साप्ताहिक र सन्देश दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका पत्रकार खरेल त्यसयता निरन्तर पत्रकारितामा सक्रिय हुनुहुन्छ । विसं २०४८ मा विमर्श साप्ताहिकमा काम गर्नुभएका उहाँले २०४९ सालदेखि कान्तिपुर दैनिकमा जिल्ला र केन्द्रमा गरी २३ वर्षसम्म निरन्तर पत्रकारिता गर्नुभएको थियो ।

    हाल न्यू सृष्टि दैनिकका अध्यक्ष एवं प्रधानसम्पादक रहनुभएका उहाँ गीत, चलचित्र र समाजसेवामा पनि संलग्न हुनुहुन्छ । नेपाल प्रेस युनियका पूर्व केन्द्रीय सदस्य उहाँ हाल नेपाल पत्रकार महासङ्घ र प्रेस युनियन मोरङका सल्लाहकार हुनुहुन्छ ।




    प्रतिक्रिया दिनुहोस