मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सेयरमा ओरालो


पश्चिम प्रेस
मंगलबार, चैत २९ २०७८
  • 704
    Shares

  • images
    images
    सेयरमा ओरालो

    महेन्द्रनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको असर शेयर बजारमा देखिएको छ । सोमवार ४४ अंकले घटेको नेप्से परिसूचक मंगलवार पनि घटेको छ । नेप्से परिसूचक मंगलवार ३४.७८ अंकले घट्दै २३८५.०२ विन्दुमा झरेको छ ।

    सोमवार ४४.६४ अंकले नेप्से घटेको थियो । यस दिन सेन्सेटिभ परिसूचक ५.५२ अंकले घट्दै ४४९.३६ विन्दुमा झरेको छ । कुल २ सय ३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर ३१ हजार ५७६ पटक १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँमा किनबेच भएको छ । यसदिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा मंगलवार हिमालयन डिस्टिलरी लिमिटेडको शेयर सबैभन्दा धेरै ५ करोड ७५ लाख १ हजार ५५० रुपैयाँ बराबरमा कारोबार भएको छ । सबैभन्दा बढी गुमाउनेमा इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ता छन् । उनीहरूले ६.५९ प्रतिशतले गुमाएका हुन् । गभर्नर अधिकारीको निलम्बनपछि पनि लगानीकर्तामा निराशा बाँकी नै रहेको आजको शेयर बजारको अवस्थाले देखिएको हो ।


    प्रतिक्रिया दिनुहोस