शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस


शुक्रबार, वैशाख २ २०७९
  • 594
    Shares

  • images
    images
    अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस

    अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन्। बुधवार, अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च-स्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ। उक्त उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ।

    "होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौं," साकीले सो कुरा बताएको पोलिटिको ह्वाइट हाउस संवाददाता यूजीन डेनियलले उद्धृत गर्दै उल्लेख गरेका छन् । थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक्रेन भ्रमण गरिरहेका छन् र रुसी सैन्य कारबाहीको विरुद्धमा युक्रेनको पक्षमा समर्थन व्यक्त गरेका छन् ।




    प्रतिक्रिया दिनुहोस