काठमाडौ । बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले आकलन गरेका छन् ।
पर्सिदेखि क्रमिक रुपमा मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताईन । उनले आज र भोलि भने धेरै स्थानमा मौसम यस्तै रहने बताईन । महाशाखाका अनुसार बंगालको खाडी हुँदै आएको यो प्रणालीको बढी असर सूदूर पश्चिम प्रदेशमा देखिएको छ । सूदूरपश्चिममा दुई दिनअघि नै यो प्रणाली भित्रिएको थियो । प्रणाली भित्रिएसँगै सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।जलतथा मौसम विज्ञान विभागले विगतका अक्टोबर महिनामा भएका चरम मौसम (एक्स्टि्रम वेदर) बारे विश्लेषण सुरु गरेको छ ।
.gif)