मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

शिक्षक संघ र प्रहरीबीच झडप भीमदत्तनगर तनाव ग्रस्त


पश्चिम प्रेस
बिहीबार , भदौ ३१ २०७८
  • 755
    Shares

  • images
    images
    शिक्षक संघ र प्रहरीबीच झडप भीमदत्तनगर तनाव ग्रस्त

    कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप भएको छ ।
    विधि विपरीत दरबन्दी मिलानको भएको भन्दै शिक्षक संघले भीमदत्त नगरपालिकाको मुल गेटमा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि दुबैपक्ष बिच झडप भएको हो । नगरपालिकाले विधि विपरीत शिक्षकहरुको दरबन्दी मिलान गरेको भन्दै गत साउन ३ गतेदेखी शिक्षक संघ कञ्चनपुरले भीमदत्त नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेर रिले अनशनमा थिए । नगरपालिकाले एक महिनासम्म आफुहरुको माग सम्बोधन नगरेको भन्दै शुक्रबार नगरपालिकाको मुल गेटमै तालाबन्दी गरेपछि स्थीती तनाव ग्रस्त बनेको हो ।
    स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब १० सेल अश्रु ग्यास प्रहार गरेको थियो । झडपमापरी दुबैतर्फका १५ जना घाईते भएका छन । अहिले महेन्द्रनगर बजार क्षेत्र समेत तनावग्रस्त बनेको छ । नगरपालिकामा प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थीती छ ।


    प्रतिक्रिया दिनुहोस