शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोटीका नौवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना


बिहीबार , वैशाख ८ २०७९
  • 798
    Shares

  • images
    images
    डोटीका नौवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन आयोगले आज डोटी जिल्लाका नौवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । दिपायल सिलगढी नगरपालिका–६ स्थित जिल्ला अदालतको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने अन्य आठवटै पालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित नौ जना कर्मचारी खटिएका छन् भने निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जनाकै दरले कर्मचारी रहने व्यवस्था मिलाइएको छ ।

    मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत डोटीका न्यायाधीश बिदुर काफ्लेलाई खटाइएको छ । निर्वाचन अधिकृतका रूपमा पूर्वीचौकी गाउँपालिकामा प्रकाश भण्डारी, आदर्शमा दुर्गादत्त विष्ट, केआइसिंहमा सीता रेग्मी, जोरायलमा टिकाराम ढकाल, बडिकेदारमा बशन्तबहादुर बोहरा, बोगटान फुड्सिलमा नरेन्द्र देवकोटा, सायलमा गगनदेब भट्ट, शिखर नगरपालिकामा विष्णु पौडेललाई खटाइएको छ । निर्वाचन अधिकारीसहित सबै निर्वाचन अधिकृतलाई वैशाख १ र २ गते आयोगले तालिम दिएको थियो । आज स्थापना भएका कार्यालयहरुले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने तयारी गरेका बताइएको छ ।




    प्रतिक्रिया दिनुहोस