मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

उखु पेल्ने व्यवसायीलाई छल्दै भीमदत्त, ऐनभन्दा दोब्बरबढी करअसुली


शुक्रबार, वैशाख ९ २०७९
  • 1.5K
    Shares

  • images
    images
    उखु पेल्ने व्यवसायीलाई छल्दै भीमदत्त, ऐनभन्दा दोब्बरबढी करअसुली

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले मनोमानी ढङ्गले कर असुलिरहेको छ । नगर क्षेत्रका पटके व्यवसायीबाट स्थानीय राजपत्र ऐनमा तोकिएको भन्दा नगरपालिकाले दोब्बर बढी बहाल बिटौरी कर असुलिरहेको पाइएको हो ।  नगरपालिका भित्र ६० बढीको हाराहारीमा उखुको रस बेच्ने व्यवसाय सञ्चालनमा रहेका छन् ।  एकातिर चर्को कर उसैमा मनोमानी ढङ्गले कर उठाइरहेको गुनासो गरिएको हो । पश्चिम प्रेसको खोजमा नगरपालिकाले इन्जनबाट फलफूलको रस र उखुको रस बेच्ने प्रति व्यवसायीबाट रु ८० असुलिरहेको छ । जबकि स्थानीय राजपत्र ऐन अनुसार रु ४५ मात्रै उठाउनु पर्ने हो । 

    prv.jpg

    नगरपालिकाको आर्थिक ऐन २०७८ अनुसार गत आर्थिक वर्षकै रु ४५ बिटौरी कर तोकेको छ । तर उखुको रस बेचिरहेका व्यापारीहरूलाई आफुले तिर्ने करको विषयमा यकिन जानकारी नै नहुँदा नगरपालिकाका कर्मचारीले भनेकै दरमा कर तिरिरहेका छन् । महेन्द्रनगरमा उखुको रस बेच्दै आएका परशुराम पन्तले करको विषयमा जानकारी नभएपनी नगरपालिकाले भनकै रकम तिरिरहेको बताए । उनले दैनिक रु.८० कर तिरिरहेका छन् । उनले भने,–‘विगत २ वर्ष देखी रु ८० नै तिर्दे आएको छु ।, कर उठाउन साँझ नगरपालिकाका कर्मचारी पुग्छन् रु.८० को रसिद काटेर दिन्छन् उक्त कर तिर्ने गरेको छु ।’त्यस्तै महेन्द्रनगरमा उखुको रस बेच्दै आएका अन्य व्यापारीहरू पनि नगरपालिकाले मागेकै रकम तिर्दे आएको बताउँछन् ।  भीमदत्त नगरपालिका मै उखुको रस बेच्दै आएका अर्का व्यापारी अभिसेक देव नाथले पनि दैनिक रु ८० तिर्ने गरेको बताए । उनले भने,–‘नगरपालिकाका कर्मचारी आउँछन्, दैनिक रु ८० को रसिद दिन्छन् उक्त रकम तिर्नुपर्छ ।’

    rasid.jpg

    नगरपालिकाले आफूबाट लिने करको विषयमा कुनै पूर्व जानकारी नगराएको र विगत दुई वर्ष देखी आफूहरूले दैनिक रु.८० नै तिर्दे आएको उनले बताए । उनले आफू मात्र नभई आफू सँगै अन्य स्थानमा उखुको रस बेचिरहेका व्यवसायीबाट नगरपालिकाले रु ८० नै लिइरहँदा सोही रकम तिर्नुपरेको बताए । भीमदत्त नगरपालिका क्षेउमै उखुको रस बेच्दै आएका नन्द जोशी पनि रु ८० नै तिर्ने गरेको बताउँछन् । तर केही दिन यता भने आफू कहाँ कर्मचारी कर उठाउन नपुगेका उनले बताए ।उनले भने,–‘ ठुलो मेसिन सञ्चालनमा ल्याएको भन्दै रु ८० नै तिर्नुपर्ने भन्दै कर्मचारीहरूले रु८० को रसिद काट्ने गरेको छ ।’

    नगरपालिकाले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा उखुको रस बेच्ने व्यापारीहरूबाट रु ४५ रुपैयाँ बहाल बिटौरी कर तोकेको छ ।  तर मनोमानी ढङ्गले नगरपालिकाले एक जना व्यापारीबाट मासिक रूपमा १ हजार ५० बढी रुपैयाँ असुल गरिरहेको पाइएको हो । भीमदत्तमा इन्जनद्वारा फलफूलको रस र उखुको रस बेच्ने करिब ६० बढी व्यवसायी रहेको नगरपालिकाले बताएको छ । जसले सामान्य गरिखाने व्यवशायीहरुबाट नगरपालिकाले मासिकरुपमा ६३ हजार बढी रकम असुलीहरेको पाइएको हो । नगरपालिकाकाको सामान्य प्रशासनको आदेशमा नगरप्रहरीहरुले कर उठाई बैंकमा उक्तरकम दाखिला गर्ने गरेको जनाइएको छ । नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बहाल बिटौरी कर ऐन अनुसार नै उठाउन आदेश गरीने गरेको बताए । तर बढी उठाइने गरेको भन्ने जानकारीमा नआएको उनले बताए । 

    नगरपालिकाले ताकिएको दर भन्दा बढी रकम उठाइहाल्नुपर्ने अवस्थाको विषयमा भने प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रशाद भट्टले थप बुझ्ने कार्य भइरहेको बताएका छन् । उनले व्यवशायीहरुबाट भुलवश बढी रकम उठेको हुन सक्ने बताए । बढी रकम तिरेका व्यवशायीहरुलाई आगामी कर मिनाहा या रकम फिर्ता गर्ने गरी कार्य अगाडी बढाइने नगरपालिकाले जनाएको छ ।  




    प्रतिक्रिया दिनुहोस