महेन्द्रनगर । तीन दिनदेखीको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको नेपालले जनाएको छ ।
साथै १ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा २६ जना वेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
.gif)