शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा एमालेले टुंगो लगायो उमेदवार,कुन पालिकामा को ?


पश्चिम प्रेस
आइतबार, वैशाख ११ २०७९
  • 959
    Shares

  • images
    images
    कञ्चनपुरमा एमालेले टुंगो लगायो उमेदवार,कुन पालिकामा को ?

    महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमालेले  ९ वटै स्थानीयतहमा उम्मेदवार टुंगो लगाएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कञ्चनपुरका सबै पालिकामा प्रमुख, उपप्रमुखको उम्मेदवार टुंगो लगाएको हो । भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी कुुँवर, दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द त्यसैगरी वेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, उपमेयरमा मोनिका भण्डारीलाई उम्मेदवार बनाएको छ ।

      कृष्णपुर नगरपालिकाको मेयर लोकेन्द्रप्रसाद पन्त, उपमेयरमा रमिता राना बडायक, पुनर्वास नगरपालिकाको मेयरमा पदम पुजारा, उपमेयरमा सुुशिला खत्री, बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा र उपमेयरमा जोगुराम चौधरी लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुुमारी राना उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमालेले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस