शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा कांग्रेस एक्लै चुनाव लड्ने,माओवादी र समाजवादीको गठबन्धन


पश्चिम प्रेस
सोमबार, वैशाख १२ २०७९
  • 721
    Shares

  • images
    images
    कञ्चनपुरमा कांग्रेस एक्लै चुनाव लड्ने,माओवादी र समाजवादीको गठबन्धन

    महेन्द्रनगर । स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा नेपाली काँग्रेस एक्लै चुनाव लड्ने भएको छ । तालमेलममा सहमति कांग्रेस सहमत नभएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।
    ९ स्थानीय तह रहेको कञ्चनपुरमा ५ स्थानीय तहमा माओवादी केन्द्रले प्रमुख र ४ स्थानीय तहमा एकीकृत समाजवादीले प्रमुख पाउने गरी सहमति भएको हो । यस्तै ६ स्थानीय तहमा माओवादी केन्द्र र तीन स्थानीय तहमा एकीकृत समाजवादीले उपप्रमुख लडाउने सहमति भएको छ । कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेल्डाँडीमा माओवादी केन्द्र तथा बेदकोट, भीमदलत्त, दोधराचाँदनी र पुनरवास एकीकृत समाजवादीको भागमा परेको छ । कांग्रेस र गठबन्धन दल उमेदवारको टुंगो लगाउन व्यस्त छन । आज साझ ५ बजेसम्म उमेदलवारी दर्ताको समय छ । 

     


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस