शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

राजनितीमा उदाउँदै मदन, २८ वर्षमै वडा अध्यक्षका उम्मेदवार

१४ वर्षको छदा बुवाको हत्या, समाज कल्याणका लागी वडा अध्यक्षमा उम्मेदवारी


सोमबार, वैशाख १२ २०७९
  • 1.4K
    Shares

  • images
    images
    राजनितीमा उदाउँदै मदन, २८ वर्षमै वडा अध्यक्षका उम्मेदवार

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ मा नेपाली काङ्ग्रेसबाट मदन राज मिश्र वडा अध्यक्षमा उठ्ने भएका छन् । वडा कमिटी अध्यक्ष समेत रहेका तिलाचौरका मिश्रले वडाबाट राजनीतिक यात्रा अगाडी बढाएका छन् । उनले आसन्न स्थानियतहको निर्वाचनका लागी सोमबार वडा अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

    राजनीतिमा योग्य व्यक्तिलाई स्थान नदिइँदा विकासका कार्यसमेत ओझेलमा पर्ने अनुभव गरेका उनले यस पटक भने आफै वडाबाट उम्मेदवार बनेको बताउँछन् । राजनीतिले असह्य पिडा महसुस गरेको मिश्र परिवार विगत देखी नै सामाजिक कार्यमा तल्लीन थियो ।   नेपाली काँग्रेस कञ्चनपुरका क्षेत्रीय उपसभापति रहेका विष्णु प्रसाद मिश्रको विसं २०६६ कार्तिक महिनामा हत्या भयो । अन्याय अत्याचार विरुद्ध आवाज उठाउने उनको योजना बद्ध तरीकाले हत्या गरियो । 

    भाइटिकाको राती भेट्न बोलाएका सोही ठाउँका दुई जनाले राती नै हतियार प्रहार गरी मिश्रको हत्या गरिदिए । उक्त बखत छोरा मदन राज मिश्र १४ वर्षका थिए । बिस्तारै उनी पनि नेपाली काँग्रेसको विद्यार्थी राजनीतिबाट उदाउँदै गए । विद्यार्थी राजनीतिमा उनले विद्यार्थीहरूको हकहितका लागी आवाज उठाउँदै शिक्षालाई आधुनिकीकरण बनाउन प्रेरित गरे । 

    वि.स.२०७४ को स्थानियतहको निर्वाचनमा उनले वडा सदस्यमा उम्मेदवारी दिने तयारी थालेका थिए । तर अन्यव्यक्तीलाई समर्थन गर्न सुझाव आएपछि उनले पार्टी कमिटी विस्तार देखी राजनीतिमा सक्रियरुपमा अगाडी बढ्दै गए ।  यस पटकको स्थानियतहको निर्वाचनमा मिश्रले नेपाली काङ्ग्रेसबाट भीमदत्त नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

    उनले भने,–‘यहाँको राजनीति केलाउँदा अझै पनि विकास केन्द्रित भन्दा पनि भ्रष्टाचार तर्फ तल्लीन भएको पाइयो, समष्टिगत सुधारका लागी आफुले उम्मेदवारी दिएको छु ।’ उनले भने,–‘बुवाको हत्यापछि लाग्थ्यो राजनीतिले राम्रो गर्न नदिँदो रहेछ । बुवाको साङ्घातिक आक्रमणबाट हत्या गरियो ।’ ‘राती सबै सुतेको समयमा तिलाचौरमा बोलाएर आक्रमण गरियो । दुई भाइ र दुई बहिनी साना साना थियौँ । ’

    बुवाको स्मृतिमा भाइटिकाको दिन विष्णु प्रसाद मिश्र स्मृति कप आयोजना गर्ने गरेको उनले बताए । स्मृतिको चौथो संस्करण पार गरेका उनले जनाए । बिस्तारै राजनीति तर्फ लागेका उनी बुबाको सपना अनुसार क्षेत्रको विकासका लागी राजनीतिमा लागेको बताउँछन् ।  

    वडा नम्बर ८ को हकमा केही पनि विकास भएको नपाइएको उनले बताए । वडा नम्बर ८ मा यसअघि निर्वाचित वडा अध्यक्षले बजेटै ल्याउन नसक्नु, युवा बेरोजगारी झन् बढ्दै जानु , युवाहरू कुलत तर्फ फस्दै जानु , ठोस योजना नबनाइँदा कुनै विकास भएको अनुभूति जनताले गरेकाले पनि यस पटक उम्मेदवारी दिएको उनले बताए । 

    आफू वडाबाट निर्वाचित भए युवाहरूको रोजगारीको ज्ञारेन्टी, युवा शक्तिको सही ठाउँमा सदुपयोग, विकास निर्माणका कार्य अगाडी बढाउन, वडाको विकासका लागी उम्मेदवारी दिएका छन् । आफ्नो गाउँ ठाउँ आफै बनाऊ भन्ने धेयले आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन् । वडा नम्बर ८ मा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा मिश्र सँगै इन्द्र बहादुर खत्रीको पनि उम्मेदवारी छ । यस्तै ५ जना पुरुष सदस्य, तिन जना दलित महिला सदस्य र तिन जना खुला महिला सदस्य गरी वडा बाट निर्विरोध चयन भएका छन् । 




    प्रतिक्रिया दिनुहोस