शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :
महाकाली सिचाँईका डेढ दशक 

बगेन नहरमा पानी, ८७ प्रतिशत निर्माण अधुरै


मंगलबार, वैशाख १३ २०७९
  • 1.0K
    Shares

  • images
    images
    बगेन नहरमा पानी, ८७ प्रतिशत निर्माण अधुरै

    महेन्द्रनगर । झन्डै डेढ दशक वितिसक्दा पनी कञ्चनपुरमा निर्माण थालिएको महाकाली सिचाँई आयोजना तेस्रो चरणको मुल नहर निर्माण सम्पन्न हुन सकेको छैन् । डेढ दसकमा १३ प्रतिशत कार्य मात्रै गरेको सिचाँई आयोजनाले ४ अर्ब ९२ करोड खर्च भइसकेको जनाएको छ । ३५ अर्व गुरुयोजनाका साथ निर्माण थालिएको मुल नहर विविध कारण देखाउदै सुस्त गतिमा निर्माण भइरहेको हो ।

    आयोजना निर्देशक रणबहादुर बमका अनुसार हालसम्म १३ किलोमिटर मूल नहर निर्माण सकिएको छ । आयोजनाले २ अर्ब ३२ करोडको लागतमा थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको जनाएको छ । भीमदत्त नगरपालिका–९ मा छुटेको २२० मिटर मूल नहर केही मात्रै निर्माण बाँकी रहेको आयोजनाले जनाएको छ । 
    भारतमा १२ सय मिटर नहर निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । जसमा भीमदत्त नगरपालिका–९ मा छुटेको २२० मिटर मुल नहरको ८० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।
    गत वर्ष मात्रै राष्ट्रिय गौरवको आयोजना अन्र्तगत परेको महाकाली सिचाँई आयोजना तेस्रो चरणको मुल नहर मुआब्जा वितरण, रुख कटान आर्थिक अभावको समस्या भएपछि निर्माणमा ढिलाइ भएको आयोजना निर्देशक बमले बताए । राष्ट्रिय गौरवको आयोजना अन्र्तगत परेपछि १० अर्बको खरिद गुरुयोजना परेको उनले बताए । ५–५ वर्ष गरी दुई चरणमा निर्माण अगाडी बढाइएको नहर आगामी १० वर्षमा निर्माण गरिसक्ने लक्ष्य आयोजनाले लिएको छ । 

    ‘कञ्चनपुरमा २२ शाखा नहर निमार्णका लागि गृहकार्य भइरहेको छ’, आयोजना निर्देशक बमले भने, ‘करिब ५० किलोमिटर शाखा नहर बनेपछि सिचाँइ सुरु हुन्छ ।’ उनका अनुसार २२ शाखा नहर निर्माणका लागी डिजाइन स्टिमेट भएर टेण्डरको प्रक्रियामा लगिएको छ । आयोजनाअन्तर्गत अहिले शुक्लाफाँटाको फुलेली गाउँसम्म मूल नहर निर्माण भइरहेको छ । 

    झाडी सफाईका लागी टेण्डर

    महाकाली सिचाँई आयोजना तेस्रो चरणको मुल नहर १२ किलोमिटर क्षेत्रमा  घाँस, बोटबिरुवा उम्रिएका छन् । आयोजनाले झाडी सफाइको काम समेत सँग सँगै अगाडी बढाएको छ । झाडिसफाईका लागी ठेक्का नै गरी अहिले धेरै क्षेत्रमा सफाई गरिएको आयोजनाले जनाएको हो । 

    ३३ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगाउने भन्दै डेढ दसक अघी निर्माण मुल नगर निर्माणको प्रक्रीया अगाडी बढाइएको  थियो । तर अहिले सम्म भने १३ प्रतिशत निर्माण कार्यमात्रै सम्पन्न भएको छ ।  
    कञ्चनपुर र कैलालीको जमिनमा सिचाँइ सुविधा पु¥याउने लक्ष्य रहेपनी निर्माणकार्य भने सुस्त हुदा किसानहरुले नहरको पानी आउला भन्ने आसै लाग्न छोडेको बताएका छन् ।  


  • सम्बन्धित विषय:

  • # सिचाँई


  • प्रतिक्रिया दिनुहोस