सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

भारतमा रथ यात्रामा करेन्ट लाग्दा ११ जनाको मृत्यु


पश्चिम प्रेस
बुधबार, वैशाख १४ २०७९
  • 578
    Shares

  • images
    images
    भारतमा रथ यात्रामा करेन्ट लाग्दा ११ जनाको मृत्यु

    महेन्द्रनगर । भारतको तमिलनाडुमा रथयात्राको क्रममा करेन्ट लाग्दा ११ जनाको मृत्यु भएको छ । उक्त घटनामा कयौं श्रद्धालु घाइते भएका छन् उनिहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । सूचना पाएपछि प्रहरीले उद्धारको कार्य सुरु गरेको  थियो । 

    कालुमेडु मंदिरमा ९४ औं अप्पर गुरुपुजा उत्सव मनाइदै छ । पुजाका लागी मंगलबार राती हिडेका भत्तजनहरुमाथी करेन्ट लागेको हो ।  प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनामा मृत्यु भएकाका परिवारलाई २ लाख रुपैयाँको दरले राहत दिने घोषणा पनि गरेका छन् । यसैगरी घाइतेलाई प्रधानमन्त्री राहत कोषबाट ५०–५० हजार रुपैयाँ दिने पनि मोदीले बताएका छन् ।

    त्यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतक परिवारलाई ५–५ लाख रपैयाँ दिने घोषणा गरेका थिए ।
    बुधबार बिहान तमिलनाडुको तंजाबुरको मन्दिरको रथयात्राको क्रममा हाई भोल्टेजको तारमा छोइँदा ११ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।


    प्रतिक्रिया दिनुहोस