शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

केन्द्रीय नेता आचार्य कोइरालालाई सघाउँदै


बिहीबार , वैशाख १५ २०७९
  • 846
    Shares

  • images
    images
    केन्द्रीय नेता आचार्य कोइरालालाई सघाउँदै

    आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थाल्नुभएको छ । निर्वाचन नजिकिँदै गएपछि आफ्ना प्रचारप्रसारलाई तीव्र एवं प्रभावकारी बनाउने योजनामा रहनुभएका उम्मेदवार कोइरालालाई कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यलेसमेत सहयोग गरिरहनुभएको छ ।

    पूर्व अर्थमन्त्रीसमेत रहनुभएका आचार्यले घरदैलोका क्रममा विराटनगरले युवा उम्मेदवारलाई अघिसारेको बताउँदै अब देश र स्थानीय तहको विकास कांग्रेस नेतृत्वको सरकारबाट मात्र सम्भव हुने स्पष्ट पार्नुभयो । कोइरालाको साथमा विभिन्न वडाका उम्मेदवार पनि खटिनुभएको छ । घरदैलो कार्यक्रमका क्रममा कोइरालाले महानगरको नेतृत्व कांग्रेसमा आएमा जनताको चाहना, भावना अनुसार काम गर्ने बताउनुभयो ।

    उहाँले विराटनगरको विकासमा विगतदेखि नै कांग्रेसको योगदान रहँदै आएको दावी गर्दै समय सुहाउँदो महानगरको निर्माण नै आफ्नो अभियान रहेको धारणा राख्नुभयो




    प्रतिक्रिया दिनुहोस