महेन्द्रनगर । कृर्षि स्नातकोत्तर गरेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ का टेक पाण्डे वडा अध्यक्षमा निर्वाचन लड्ने भएका छन् । विसं.२०६५ साल देखी नेविसंघबाट विद्यार्थी राजनीति सुरु गरेका उनी नेविसंघको मुख्य सचिव पनि रहे ।
कृर्षिबाट स्नातकोत्तर तह उत्रिर्ण गरेका उनले कृष्णपुर स्थित कृष्ण उच्चमाध्यामीक विद्यालयमा कृर्षी डिप्लोमा अध्यापन गराउँदै आएका थिए । विद्यालयबाट राजीनामा दिँदै उनले आगामी ३० गते हुने स्थानियतहको निर्वाचनमा उम्मेदवार मनोनयन दर्ता गरेका छन् । ३० वर्षीय पाण्डेले अबको नेतृत्व युवाको काँधमा हुनुपर्ने बताउँदै समग्र क्षेत्रको विकासका लागी आफुले चुनाव लड्ने निर्णय गरेको बताए ।
कृष्णपुर नगरपालिका वडा नम्बर ५ बाट उनले वडा अध्यक्षका लागी मनोनयन दर्ता गरेका हुन् । ५ वर्षसम्म कम्युनिष्टको सरकारले जनताको आसा भरोसा अपेक्षित काम नगरी लुटतन्त्र मच्चाएको भन्दै आफुले यस पटक वडा अध्यक्षमा उम्मेदवारी दिएको उनले बताए ।
उनले भने,–‘कम्युनिस्टको सरकारले जनताको भरोसा तोडेको छ, वडाको समग्र विकासका लागी निर्वाचन लड्दै छु ।’राजनीति विशुद्ध समाजसेवा भएको तर जनप्रतिनिधि कमाऊ धन्दामा लागेकाले लुट तन्त्रको अन्त्य गरी वडालाई विकासतर्फ धकेल्न काँग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए ।
वडा नम्बर ५ मा लागु औषधको समस्या, बाटोघाटोको समस्या, युवा बेरोजगारीको समस्या रहेकाले समस्याको निकास र युवाहरूलाई रोजगारीका लागी निर्वाचन लड्ने उनले बताए । आफू वडाबाट निर्वाचित भए युवाहरूलाई रोजगारीको सृजना, सुलभ स्वास्थ्य उपचारको व्यवस्थापन गरिने उनले बताए ।
बेरोजगार युवाहरूलाई कृर्षी सम्बन्धी सीपमूलक तालिम, रोजगारीका अन्य अवसर प्रदान गरिने उनले बताए ।सर्वप्रथम शिक्षाको क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताउँदै उनले लागु औषधमा फस्दै गएका युवाहरूलाई रोजगारी र नवपीढीलाई गुणस्तरयुक्त शिक्षा प्रदान गर्न पहल चालिने बताए । अहिले सरकारी विद्यालयको शैक्षिक स्थिति खस्किँदो क्रममा रहेको बताउँदै उनले सरकारी विद्यालयमै निजी विद्यालय सरह गुणस्तरीय शिक्षा प्रदानका लागी कार्य अगाडी बढाइने बताए ।
गरिब परिवारलाई आर्थिक समृद्ध बनाउन पहल चालिने उनले बताए । अहिले हरेक क्षेत्रमा माफिया तन्त्र हाबी भएको छ,उनले भने,–‘गलत क्रियाकलाप नियन्त्रण र समृद्ध समाजको निर्माणका लागी निर्वाचन लड्दै छु ।’ वडा अध्यक्षमा मनोनयन दर्ता गरेका पाण्डे थप प्रचार प्रसारमा व्यस्त छन् ।
.gif)