शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा हारको बदला लिने दाउमा कांग्रेस, एमालेलाई जित्न मुस्कील


सोमबार, वैशाख १९ २०७९
  • 725
    Shares

  • images
    images
    कञ्चनपुरमा हारको बदला लिने दाउमा कांग्रेस, एमालेलाई जित्न मुस्कील

    महेन्द्रनगर । आशन्न स्थानियतहको निर्वाचनका लागी दलहरु चुनावी दौडधुपमा होमिएका छन् । नौं पालिका रहेका कञ्चनपुरमा ०७४ मा भएको निर्वाचनमा एमालेले पाँच पालिकामा जित हासिल गरेको थियो । ५ पालिकामा बचस्व कायम गरेको नेकपा एमालेलाई आगामी निर्वाचनमा भने जित सुनिश्चत गर्न हम्मेहम्मे पर्ने देखिन्छ । एमालेले यसअघिको चुनावमा भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, पुर्नवास नगरपालिका र बेल्डाँडी गाउँपालिकामा जित हासिल गरेको थियो । आगामी निर्वाचनमा कांग्रेस र गठबन्धन एमालेलाई हाबी हुने देखिएको छ ।

     यस्तै नेपाली कांग्रेस भने यस अघि निर्वाचित स्थानियतहमा पुन : निर्वाचन जित्ने तर अन्य स्थानियतहमा पनी बिजयी हुने तयारीका लागी अगाडी बढेको देखिन्छ ।  यसअघी कांग्रेसले जिल्लाको दोधारा चाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा स्थान सुनिश्चीत गरेको थियो । आगामी निर्वाचनका लागी भने कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच तालमेल भएको छ । यसअघीको निर्वाचनमा माओवादी केन्द्रले बेलौरीनगरपालिका र लालझाँडी गाउँपालिमा बचस्व कायम गरेको थियो । दुवै पालिकामा यसपटक पनी माओवादी केन्द्रले चुनावी प्रचार प्रचार व्यापक बनाएको छ । बेलौरी र लालझाँडीमा पुनः पोतिलाल चौधरी र मदनसेन बडायकलाई नै माओवादीले दोहोर्याएको छ ।

    तालमेलका आधारमा चुनाव लडिरहेका समाजवादी र माओवादी भने जिल्लामा पहिलेका दुई सहित थप १ स्थानियतहमा निर्वाचन जित्नेमा ढुक्क देखिएका छन् ।भीमदत्तमा २ सय मतले अग्रता लिँदै एमालेका सुरेन्द्र बिष्ट मेयरमा निर्वाचित भएका थिए । तर अहिले भने भीमदत्तमा एमालेलाई पुनः जित सुनिश्तीत गर्ने हम्मेहम्मे पर्ने देखिन्छ । एकातिर एमाले दुई भागमा बिभाजन भइ समाजवादीमा समाहित भएर गएका छन् ।भीमदत्तदमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच तालमेल भएर चुनावमा होमिएका छन् । जसले एमालेलाई यसपटकको निर्वाचनमा बेदकोट नगपालिकामा समेत चुनावमा अपेक्षीत परिणाम ल्याउन मुस्कील देखिएको हो । बेदकोटमा मेयरबाट निर्वाचित असोक चन्द सहित सयौँ नेता समाजवादीमा समाहित भएका छन् । बेदकोटमा माओवादी र समाजवादी बिच भएको तालमेलले एमालेलाई झनै चुनौँती खडा गरिदिएको छ । 

     यस्तै बेदकोट नगरपालिकाबाट मेयरमा नेपाली कांग्रेसबाट भोजराज बोहराको उम्मेदवारी छ । यस अघिको निर्वाचनमा उनी नेकपा एमालेका चन्दसँग ३ सय ४० मतले पराजित भएका थिए । तर यसपटक भने कांग्रेसलाई बेदकोटमा हारको बदलालिन सहज हुने आंकलन गरीएको छ । अबको निर्वाचनमा कांग्रेसले गठबन्धन सँग चुनावी प्रतिप्रर्धा तिब्र बनाएको देखिन्छ ।बेदकोटमा गठबन्धनबाट रामचन्द्र रेग्मी चुनावी मैदानमा छन् । एमालेबाट बिद्रोह गरेर उनी समाजवादीबाट चुवाव लडीरहेका हुन् । चुनावी तालमेल गरेर अगाडी बढेका समाजवादी र माओवादी भने बेदकोटमा जित सुनिश्चीत हुने लगभग पक्का भइसकेको दावी गर्न थालेका छन् ।उता शुक्लाफाँटा नगरपालिकामा भने नेपाली कांग्रेस भारी मत सहित निर्वाचित भएको थियो । कांग्रेसबाट मेयरमा दिलबहादुर ऐरी १ हजार ३ मतले अग्रता लिदै निर्वाचित भएका थिए ।

    आगामी निर्वाचनमा कांग्रेसले सुक्लाफाँटा नगरपालिकामा चिन्तामणी भट्टलाई मेयरका उम्मेदवार बनाएको छ । शुक्लाफाँटामा यसअघिको निर्वाचनमा एमालेका रणबहादुर महरा पराजित भएका थिए । यसपटक एमालेले शुक्लाफाँटा नगरपालिकामा हारको बदला लिने गरी चुनावी प्रचार प्रसार तिब्र बनाएको देखीन्छ ।यस्तै बेलौरी नगरपालिकामा यसअघिको निर्वाचनमा पराजय बेहोरेको कांग्रेस आगामी निर्वाचन जित्नै पर्ने दाउमा देखिएको छ । बेलौरीमा यसअघी नेकपा माओवादी केन्द्रले बचस्व कायम गरेको थियो । मेयरमा माओवादी केन्द्रका पोतिलाल चौधरी एमालेका पल्लवराज भट्टलाई ३ सय ५७ मतले पराजित गर्दे बिजयी भएका थिए । यसपटक भने बेलौरीमा नेकपा एमालेबाट कमला बोहरा र कांग्रेसबाट होसियार बिष्ट चुनावी मैदानमा छन् । 


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन


  • प्रतिक्रिया दिनुहोस