शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

छाडा चौपायाको व्यवस्थापन अबका जनप्रतिनिधिको काँधमा, बनाएनन् कसैले मुख्य एजेन्डा


मंगलबार, वैशाख २० २०७९
  • 786
    Shares

  • images
    images
    छाडा चौपायाको व्यवस्थापन अबका  जनप्रतिनिधिको काँधमा, बनाएनन् कसैले मुख्य एजेन्डा

     महेन्द्रनगर । आसन्न स्थानियतहको निर्वाचनमा दलहरूले पुरानै एजेन्डामाथि टिकेर भोट मागिरहेका छन् । कञ्चनपुरमा मुख्य समस्याका रूपमा देखिएको छाडा पशु चौपायाहरूको व्यवस्थापन गर्ने विषयमा भने उम्मेदवारहरूले खास्सै एजेन्डा बनाएको पाइएन । विशेष गरी भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा छाडा पशु चौपायाको समस्या बल्झिएको छ । पहिलो पटक निर्वाचित जनप्रतिनिधिले चौपायाका नाममा खर्चेको करोडौँ रकम बालुवामा पानी हाले जस्तै भएको छ । तर अब आउने जनप्रतिनिधिबाट भने जनताले चौपाया व्यवस्थापनको आसा लिएका छन् । 

     भीमदत्त नगरपालिकामा ०७४ मा विजयी नेकपा एमालेबाट मेयर सुरेन्द्र विष्टले चौपाया व्यवस्थापनमा अथक प्रयास गरे । नगरपालिकाले ४ वर्षमा २ करोड बढी चौपाया व्यवस्थापनका लागी भन्दै बजेट निकासा ग¥यो । नगरपालिकाले चौपाया व्यवस्थापन गरी मलमूत्रबाट औषधी जन्य वस्तु, मल खाद तयार गर्ने गरी कार्य अगाडी बढाइने जनायो । जसमा २ स्थानमा गौशाला समेत निर्माण गरिए । तर चौपायाको समस्या भने ज्यू का त्युँ नै देखिएको छ । आगामी निर्वाचनका लागी भीमदत्त नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार महेश प्रसाद पन्तले निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । जसमा छाडा पशु चौपायाको व्यवस्थापनको विषय भने समेटिएको छैन । यद्यपि उनले अधुरा रहेका योजनाहरूलाई अगाडी बढाउने प्रतिबद्धता जाहेर गरे । चुनावी तालमेलमा रहेका दलहरूले समेत उक्त विषयमाथि खास्सै चासो दिएको पाइएन । नेकपा एकीकृत समाजवादी बाट मेयरका उम्मेदवार राजेन्द्र पाण्डेले चुनावी प्रतिबद्धतामा छाडापशुचौपायाको विषय समेटेका छैनन् ।नेपाली काँग्रेसले भने उक्त मुद्धामाथी कुनै बहस नै गरेको पाइएको छैन । चुनावी दौडधुपमा व्यस्त रहेका मेयरका उम्मेदवार पदम बोगटी ‘सुशासन र समृद्धिको आधार भीमदत्तमा काँग्रेसको सरकार’ नारा सहित चुनावमा होमिएका छन् । उनले लोकतन्त्र जोगाउनका लागी काँग्रेसमा मतदान गर्न अपिल गरेका छन् । 

     तर छाडा पशु चौपाया व्यवस्थापनका विषयमा भने उनले कहीँ पनि मुख खोलेका छैनन् । राजमार्ग क्षेत्रमा छाडा पशु चौपायाकै कारण सवारी दुर्घटना बढ्दै गएको छ । बेदकोट नगरपालिकाले वर्षेनी २३ लाखका दरले बजेट निकासा गरेको थियो । तर ३ सय बढी चौपायाको भने सडकमै बास देखिन्छ । बेदकोट नगरपालिकाका प्रमुख प्रशायकिय अधिकृत  पदम भट्टले प्रत्येक वर्ष २२, २३, २४, २५ लाखका दरले छाडा पशु चौपाया व्यवस्थापनका लागी छुट्टाइएको जनाए । तर व्यवस्थापनको प्रयास गरीएपनी छोड्ने प्रवृत्तिमा सुधार नआएको बताए । यस्तै शुक्लाफाँटा नगरपालिकाले भने यस वर्ष पनि ४० लाख बजेट छाडा पशु चौपाया व्यवस्थापनका निम्ति छुट्टाएको छ । नगरपालिकाले ५ वर्षमा १ गौशाला निर्माण गरिएको जनाएको छ । नगर प्रवक्ता कमलराज गिरीले वृन्दावनमा खोर निर्माण गरी चौपाया राखिएको जनाए । तर राजमार्ग चौपायाहरू अझै छाडा छोडिएका छन् । ५ वर्षमा नगरपालिकाले डेढ करोड बजेट छाडा पशु चौपायाका लागी छुट्टाएको जनाएको छ । कृष्णपुर नगरपालिकाले भने बनदेवी मन्दिर रहेको सामुदायिक वनमा छाडापशुचौपायाहरुको व्यवस्थापन गरिएको जनाएको छ । सडक राजमार्ग छेउमा दुर्घटनामा परि चालुआर्थीक वर्षमा २६ जनाले ज्यान गुमाएका छन् । 

     ८८ सवारी दुर्घटनामा ५७ जना घाइते भएको जिल्ला टूाफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  यस्तै सवारी दुर्घटनामा ५ पशु चौपायाको मृत्यु, ४ घाइते भएको जिल्ला टूाफिक कार्यालयको तथ्याङ्कले देखाएको छ ।  छाडापशु चौपायाकै कारण कृषकहरूले रातरी जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । सुकासालका कृषक रमेश आउँजीले चौपायाहरूको व्यवस्थापनमा जनप्रतिनिधि चुकेका बताए । तर अब निर्वाचित हुने उम्मेदवारबाट भने चौपाया व्यवस्थापनको आसा राखेका उनले बताए ।


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन


  • प्रतिक्रिया दिनुहोस